शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्रीद्वारा आत्महत्या, भिडियो सुट गर्दै लगाइन् यस्तो आरोप

बुधबार, २१ जेठ २०७७, ०८ : ५०
बुधबार, २१ जेठ २०७७

मनोरञ्जन जगतकी अर्की एक अभिनेत्रीले आत्महत्या गरेकी छिन् । कन्नड नायिका चन्दनाले २८ मे मा विष सेवन गरेर आत्महत्या गरेकी छिन् । २९ वर्षकी चन्दनाले बेंगलुरुस्थित आफ्नो घरमा आत्महत्या गरेकी हुन् ।

भारतीय सञ्चार माध्यम जागरणका चन्दनाको आत्महत्याको कारण उनका प्रेमी बताइएको छ । आत्महत्या गर्नुअघि चन्दनाले आफ्नो एउटा भिडियो रेकर्ड गरेकी थिइन् जसमा उनले प्रेमीमाथि धोका दिएको आरोप लगाएकी छिन् । आत्महत्या गर्नुअघि चन्दनाले उक्त भिडियो आफ्ना प्रेमी र परिवारलाई पनि पठाएकी थिइन् । चन्दनाको भिडियो उनीहरुले पाएलगत्तै यसबारे नायिकाका छिमेकीलाई जानकारी दिइयो ।

चन्दनालाई छिमेकीले अस्पताल पुर्याउन नपाउँदै डाक्टरले उनलाई मृत घोषित गरे । रिपोर्टका अनुसार चन्दना दिनेश नामका एक युवकसँग पछिल्ला केही वर्षदेखि डेट गरिरहेकी थिइन् । उनले दिनेशसँग विवाहको कुरा निकाल्दा सधैं केही न केही बहाना बनाएर टार्ने गरेको बताइन्छ ।

आत्महत्या गर्नुअघिको उनको बयानमा नायिकाले दिनेशको अर्की महिलासँग पनि अफेयर भएको बताएकी छिन् । उनका अनुसार दिनेशले उनलाई धोका दिइरहेका थिए । दिनेशले दिएको धोका सहन नसकेर उनले आफ्नो ज्यान दिएको बताएकी छिन् । चन्दनाको आत्महत्या पछि नै दिनेश फरार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप