जुम्लामा निषेधाज्ञा जारी
बुधबार, २१ जेठ २०७७, ११ : २३
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित रहनको लागि जिल्ला प्रशासन कार्यालय जुम्लाले निषेधाज्ञा जारी गरेको छ ।
कोरोना भाइरस संक्रमण फैलिन नदिन भन्दै प्रशासनले रोकथाम तथा नियन्त्रण गर्न बुधबार बिहान ९ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
सम्भावित उच्च संक्रमण जोखिमको अवस्थालाई मध्यनजर गर्दै संक्रमण जोखिम न्यूनिकरण, रोकथाम तथा नियन्त्रणको लागि निषेधाज्ञा जारी गरिएको जुम्लाका सिडिओ भूपेन्द्र थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश
-
सुप्रिम सहकारी ठगी प्रकरणमा ओमप्रकाश गुरुङलाई थुना पठाउने आदेश
-
राम्रो काम गरे पुरै कार्यकाल प्रचण्ड प्रधानमन्त्री : महासचिव पोखरेल
-
बिरामी बिदा लिने बढेपछि नियम कडा बनाउँदै बेलायती प्रधानमन्त्री
-
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)
-
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित