शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि केएमसी अस्पतालका सबै सेवा बन्द

बुधबार, २१ जेठ २०७७, १२ : १०
बुधबार, २१ जेठ २०७७

सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजको शिक्षण अस्पतालका आकस्मिकलगायत सबै सेवा बन्द गरिएको छ । अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सबै सेवाबन्द गरिएको प्रेस विज्ञप्तिमार्फत अस्पतालले जनाएको छ । 

अस्पतालले कोरोना पुष्टि भएका विभागमा डिस्इन्फेक्सन गर्नुपर्ने भएकाले अस्पतालको सबै सेवाबन्द गरेको बुधबार विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । काठमाडौँ मेडिकल कलेजको शिक्षण अस्पताल अर्को सूचना नआउन्जेलका लागि बन्द गरिएको  प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । 

मंगलबार एक चिकित्सकसहित ३ जनामा कोरोनाको संक्रमित भएको पुष्टि भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप