शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जब रेखाले भनिन्, ‘हामी दुईको लभ सीन देखेर रुन थालिन् जया’

बुधबार, २१ जेठ २०७७, १२ : ४८
बुधबार, २१ जेठ २०७७

थुप्रैले आफ्नो आइडल मान्ने बलिउड जोडी अमिताभ बच्चन र जया बच्चनका विवाहको आज (जून ३ तारिख) ४७ औं वैवाहिक वर्षगाँठ हो । बलिउड उद्योगमा थुप्रै वर्षसम्म शीर्ष स्थानमा रहँदा पनि अमिताभ बच्चनको विवाहमा कहिल्यै खटपट भएन । त्यसैकारण यी दुईलाई आज पनि सम्मानपूर्वक हेरिन्छ । यद्यपि, यस्तो समय पनि थियो जब उनीहरुको सम्बन्ध थोरै कमजोर हुने स्थितीमा थियो र कारण थिइन् रेखा । त्यतिबेला के भएको थियो त ? यसबारे जानकारी लिऔंः

रेखा र अमिताभका बीच जे चलेको थियो, त्यसको गहिराईको अन्दाज रेखाका केही बयान पढेर अनुमान लगाउन सकिन्छ । सन् २००४ मा ‘रन्डेवू विद सिमी ग्रेवाल’ कार्यक्रममा कुरा गर्दै रेखाले भनिन्, ‘म यस्तो उनीहरुको घर तोड्नका लागि गरिरहेकी छैन । एक मानिस भएको नाताले म यो भन्न सक्छु कि उनी हुँदा मलाई खुसी लाग्छ । उनको गुण र विशेषताले म अत्यधिक प्रभावित भएकी थिएँ । मेरा लागि मिस्टर बच्चनको अगाडि बस्न सजिलो छैन । आफ्नो जीवनमा मैले उनले झैं केही पनि देखेकी छैन । उनकै कारण मैले आफूमाथि विश्वास गर्न सिकेकी छु ।’

रेखाका कारण जयाको आँखामा आँसुः

स्मरण रहोस्, रेखासँग अमिताभको भेट हुँदा अमिताभको विवाह जया भादुडीसँग भइसकेको थियो । तर रेखाले यति गहिरोसँग अमिताभलाई महसुस गर्न थालेकी थिइन् कि उनका लागि आफ्नो जीवन नै परिवर्तन गरिन् । जया बच्चनबारे सन् १९८० मा ‘सुपर’ लाई दिएको आफ्नो अन्तरवार्तामा रेखाले भनेकी छिन्, ‘कहिले म जयालाई सूक्ष्मदर्शी महिला ठान्थेँ । यहाँसम्म कि उनलाई आफ्नै दिदी झैं मान्थेँ । उहाँले सधैं मलाई निकै गहिरो तरिकाले सल्लाह दिनुहुन्थ्यो । तर पछि मलाई थाहा भयो कि उहाँ केवल आफ्नो प्रभाव बढाउनका लागि यस्तो गर्नुहुन्थ्यो । एकै भवनमा बस्दा पनि उहाँले मलाई आफ्नो विवाहमा बोलाउनुभएको थिएन ।’

अर्थात्, यी दुईबीचको सम्बन्ध खासै राम्रो थिएन भनेर बुझ्न सकिन्छ । तर जब बीचमा अमिताभ बच्चन आए तब स्थिती के भयो त्यसबारे सन् १९७८ मा स्टारडस्टलाई रेखाले दिएको साक्षात्कारबाट थाहा हुन्छ । त्यतिबेला रेखाले भनेकी थिइन्, ‘कुरा ‘मुकद्दर का सिकंदर’ को स्क्रिनिङको हो । म प्रोजेक्शन रुममा थिएँ । जया र उनका सन्तान पहिलो पंक्तिमा थिए, उनी (अमिताभ बच्चन) र अन्य व्यक्तिहरु दोस्रो पंक्तिमा बसेका थिए । फिल्ममा जब मेरो र उनको (बच्चन) को लभ सीन आयो तब जयाको आँखामा आँसु छचल्कियो । यो फिल्म पछि नै धेरैजसो निर्माता–निर्देशकले आफूहरुलाई जया बच्चनले अमिताभ हिरो भएको कुनै पनि फिल्ममा मलाई हिरोइनको रुपमा नलिन आग्रह गरेको कुरा सुनाउनु थाल्नुभयो ।’

‘म अमितलाई कहिले पनि छोड्नेछैन...’

अमिताभ बच्चनले आजसम्म यो मुद्दाबारे एक शब्द पनि बोलेका छैनन् । तर किताब ‘रेखाः द अनटोल्ड स्टोरी’ का अनुसार श्रीमान्–श्रीमती भएपछि पनि अमिताभ–जयाको सम्बन्धमा रेखाको प्रभाव निकै थियो । विभिन्न रिपोर्टका अनुसार एकदिन जब अमिताभ कामको सिलसिलामा बाहिर गएका थिए तब जयाले रेखालाई आफ्नो घरमा डिनरका लागि बोलाइन् । तब जयाले रेखासँग निकै राम्रोसँग कुरा गरिन्, खाना खुवाइन् र जब रेखालाई बिदा गर्न थालिन् तब भनिन्, ‘म अमितलाई कहिले पनि छोड्नेछैन ।’

थुप्रै किताब र लेखमा प्रकाशित भए अनुसार जब फिल्म ‘कूली’ को सुटिङका बेला अमिताभ बच्चन घाइते भए तब रेखा दौडदैं ब्रीच क्यान्डी अस्पताल पुगिन् तब उनले रेखालाई कुनै पनि अवस्थामा अस्पताल प्रवेश गर्न नदिन कडा निर्देशन दिएकी थिइन् । यसबारे रेखाले भनेकी छिन्, ‘मैले त्यतिबेला कस्तो महसुस गरेकी थिएँ भनेर उनलाई भन्न समेत पाइनँ । मलाई मृत्यु मञ्जुर थियो तर बाध्यता थिएन । सायद मृत्यु पनि यति कठोर हुँदैनथ्यो होला ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप