विश्व शान्तिको कामना गर्दै मच्छिन्द्रनाथको मन्दिरमा दीप प्रज्वलन
बुधबार, २१ जेठ २०७७, १२ : ५१
काठमाडौं। विश्व शान्तिको कामना गर्दै ललितपुरस्थित मच्छिन्द्रनाथको मन्दिरमा दीप प्रज्वलन गरिएको छ ।
न्यकू जात्रा मतया व्यवस्था केन्द्रीय समितिले सहकालका देव मच्छिन्द्रनाथको मन्दिरमा १ सय ८ दीप प्रज्वलन गरी विश्व शान्तिको कामना गरेको हो ।
समितिका अध्यक्ष आशारत्न शाक्यले विश्वभर फैलिदै गएको कोभिड–१९ महामारीको निवारणका लागि प्राथना र विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको बताए ।
उनले मच्छिन्द्रनाथ देवसँग विश्वभर शान्ति अमनचयन कायम गर्ने शक्ति रहकोले दीप प्रज्वलन गरी प्राथना गरिएको बताए ।
मच्छिन्द्रनाथको मन्दिरमा विशेष पूजाआजा गरी दीप प्रज्वलन गरिएको हो । दीप प्रज्वलनका लागि समितिका सबै पदाधिकारीहरुको उपस्थिति रहेको अध्यक्ष शाक्यले बताए ।