शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनको मोडालिटी परिवर्तन गर्न विज्ञसँग प्रधानमन्त्रीकोे परामर्श

बुधबार, २१ जेठ २०७७, १४ : ०७
बुधबार, २१ जेठ २०७७

काठमाडौं । कोरोना भाइरस संक्रमण रोक्न सरकारले अपनाएको लकडाउनको नीति खुकुलो पार्न दवाव परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे सरकोकारवालासँग परामर्श गर्ने भएका छन् । 

त्यसका लागि प्रधानमन्त्री ओलीले बुधबार अपरान्ह चार बजे सरोकारवालाहरुसँग परामर्श गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

 थापाका अनुसार विभिन्न क्षेत्रका २५ जनालाई परामर्शका लागि बालुवाटार बोलाइको छ । तर ककसलाई बोलाइएको छ भन्नेबारेमा भने थापाले केही बताउन चाहेनन् । ‘अहिले हामीले नाम सार्वजनिक गरेका छैनौ, तर २५ जनालाई बोलाइएको छ’, थापाले रातोपाटीसँग भने । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले विज्ञहरुसँग अहिलेसम्म लकडाउन गर्दाको समिक्षा र आगामी दिनमा अपनाउनुपर्ने मोडालिटीका बारेमा विश्लेषणसहित छलफल गर्ने र सोही अनुसार निर्णयमा पुग्ने तयारी गरेका छन् । 

गत चैत ११ गतेबाट जारी लकडाउनले देशको अर्थतन्त्रसहित जनजीवन तहस नहस भएको छ भने कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको छ । यस्तो अवस्थामा कसरी अघि बढ्ने भन्नेमा सरकारले सरोकारवालासँग परामर्श थालेको हो । यसअघि कोरोना रोकथाम, नियन्त्रण उच्चस्तरीय समितिले बिभिन्न व्यापारी व्यवसायीसँग मंगलबार छलफल गरेको थियो । सरकारले ३२ जेठसम्म लकडाउन घोषणा गरिसकेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप