बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीमा ४ महिने बालकसहित १६ जनामा कोरोना पुष्टि

बुधबार, २१ जेठ २०७७, १४ : १३
बुधबार, २१ जेठ २०७७

जुम्ला  । कर्णाली प्रदेशमा थप १६ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जसमा ४ महिने बालकसमेत रहेका छन् । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

१६ जनामध्ये दैलेखका ७ जना, सल्यानका २ र कालिकोटका ७ जना रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

कालिकोटका ७ संक्रमितमध्ये महाबै गाउँपालिकाका –४ का ४ महिने बालकमा पोजेटिभ देखिएको महाशाखा प्रमुख डा. तिवारीले जानकारी दिए ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ । जसमध्ये दैलेखमा १०५, सुर्खेतमा ६१, सल्यानमा ५५, जुम्लामा १९, कालिकोटमा २५, मुगुमा एक, बाजुरामा एक, अछामका १० र बझाङका १ जना रहेका छन् । कोरोनाकै कारण दैलेखमा एक जनाको मृत्यु भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप