मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बैतडीका पहिलो संक्रमितले जिते कोरोना

बुधबार, २१ जेठ २०७७, १४ : २४
बुधबार, २१ जेठ २०७७

बैतडी । बैतडीका पहिलो संक्रमित कोरोनामुक्त भएका छन् । प्रहरी हिरासतमै कोरोना संक्रमण पुष्टि भएका शिवनाथ गाउँपालिकाका–२ का २२ वर्षीय युवक कोरोनामुक्त भएका हुन् ।

 यही जेठ ९ गते कोरोना संक्रमण पुष्टि भएर जिल्ला अस्पतालमा उपचारत उनी कोरोनामुक्त भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बसन्तराज जोशीले जानकारी दिए । 

  कोरोना संक्रमण पुष्टि भएपश्चात दुई पटक गरिएको पीसीआरमा रिपोर्ट नेगेटिभ आएको उनले बताए । 

 मंगलबार र बुधबार कैलालीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । 

विगत १२ दिनदेखि  जिल्ला अस्पतालको आइसोलेसन कक्षमा उपचारत युवकले कोरोना जितेपछि आजै डिस्चार्ज गरिएको छ । 

कर्तव्य ज्यान मुद्धामा गत वैशाख १५ गतेदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका युवकमा जेठ ९ गते कोरोेना पुष्टि भएको थियो । गत वैशाख १५ गते किशोरी मृत्यु प्रकरणमा पक्राउ परेका उनलाइ प्रहरी हिरासतमै रहेका बेला कोरोना पोजेटिभ देखिएको हो ।

 यस्तै कोरोनामुक्त भएका ती युवकलाई  आजै कारागार चलान गरिएको छ । कर्तव्य ज्यान अभियोगमा जिल्ला प्रहरी कार्यालयको हिरासतमै रहेका बेला कोरोना पुष्टि भएका २२ वर्षिय युवकलाइ  कारागार चलान गरिएको बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए । 

 कोरोना जितेपनि जिल्ला अदालत बैतडीले ती युवकलाई यसअघि नै पुपक्र्षका लागि कारागार चलान गर्न आदेश दिएकाले  कारागार चलान गरिएको निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक चन्दले  बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप