बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व बैंकले दियो नेपाललाई १० करोड डलर ऋण

बुधबार, २१ जेठ २०७७, १४ : ५२
बुधबार, २१ जेठ २०७७

काठमाडौं । विश्व बैंकले नेपालाई १० करोड डलर ऋण दिएको छ । नेपालको विद्युतीय क्षेत्रको पुनरुत्थानका लागि विश्व बैंकले सो ऋण दिएको हो ।

 नेपाल सरकारलाई नीतिगत तथा संस्थागत सुधार र नेपाल विद्युत प्राधिकरणको वित्तीय अवस्था सुधारका लागि विश्व बैंकले गर्ने तीनवटा विकास ऋण सहयोग मध्ये यो दोस्रो चरणको ऋण सहयोग भएको विश्व बैंकले भनेको छ । 
संकटको  समयमा नेपालको विद्युत क्षेत्रमा सुधार गर्नु महत्वपूर्ण रहेको विश्व बैंकका नेपाल प्रबन्धक फरिस हदद जर्भोसले बताए। सरकारको विश्वसनीय, गुणस्तरीय, सर्वसुलभ र दीगो विद्युत क्षेत्रको विकास गरेर गरिबी निवारण तथा समृद्धिका लागि जलविद्युत क्षेत्रमा लगानी र सहयोग बढाउने रणनीतिलाई बैंकको सघाउने नीतिले पुनः प्राथमिकता दिने पनि उनले बताए । 

कोरोनाका कारण अहिले विद्युत माग घटेको, निर्माण सामाग्री ढुवानीको अभावले काममा अवरोध भएको र नगद प्रवाहमा पनि समस्या भएको विश्व बैंकले उल्लेख गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप