केन्द्रीय संस्करण
राजनीति

राजपा र समाजवादीबीच होला आज सहमति ?

person explore access_timeजेठ २१, २०७७ chat_bubble_outline0
file photo

काठमाडौं । तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भई बनेको जनता समाजवादी पार्टी नेपालको नेतृत्वको विषय टुङ्ग्याउनका लागि बैठक बसिरहेको छ ।  दुवै पार्टीबीच आ-आफ्नो प्रस्तावमा अडिग रहँदा कुरा मिलिरहेको थिएन । समाजवादी पार्टीले महन्थ ठाकुर अध्यक्ष, डा.बाबुराम भट्टराई संघीय परिषद्को अध्यक्ष र उपेन्द्र यादव केन्द्रीय कमिटीको अध्यक्ष राखेर पार्टी दर्ता गराउन प्रस्ताव गरेको थियो । तर राजपा नेपालले महन्थ ठाकुर अध्यक्ष र डा.बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्षमा राखेर पार्टी दर्ता गराउन प्रस्ताव गरेको थियो । त्यो प्रस्तावमा दुवै पक्षबीच कुरा मिलेको थिएन । आज पनि त्यसै विषयमा छलफल भइरहेको छ ।

बैठकमा महन्थ ठाकुरलाई अध्यक्ष, डा.बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्ष र उपेन्द्र यादवलाई केन्द्रीय कमिटीको अध्यक्ष बनाउने विषयमा छलफल भइरहेको छ । त्यसमा सहमति बनाउने प्रयास भइरहेको जनाइएको छ । 
राजपा नेपालबाट महन्थ ठाकुर अध्यक्ष र डा.बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्षमा राखेर पार्टी दर्ता गराउने प्रस्तावमा राजपा नेपालमा पनि एकमत रहेको छैन ।

यो प्रस्तावमा सबभन्दा बढी अडान राजेन्द्र महतोले लिएका छन् । महेन्द्र राययादव, राजकिशोर यादव, शरतसिंह भण्डारी समाजवादी पार्टीको प्रस्तावमा सकारात्मक रहेको स्रोतले जनाएको छ । समाजवादी पार्टीका नेताहरुले पनि नेतृत्वमा कुरा नमिल्नुमा राजपा नेपालका नेताहरुमा नै समस्या रहेको दावी गरेका छन् । तर राजपा नेपालका केही नेताहरुले समान हैसियतमा एकीकरण हुने सहमति भएको हुनाले दुवै पार्टीबाट एकएकजना राखेर पार्टी दर्ता गराउने भनिरहेका छन् भने अर्को पक्षले पार्टी एकीकरणको काम ऐतिहासिक भएको हुनाले नेतृत्वका लागि एकीकरणलाई अड्काउन नहुने धारणा राख्छन् । 

आज दुवै पार्टीमा कुरा मिल्यो भने शुक्रवार पार्टी दर्ता गराउने तयारी रहेको छ । तत्कालिन राजपा नेपालको पार्टी कार्यालय बबरमहलमा बैठक बसिरहेको छ । त्यसमा राजपा नेपालको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा, राजकिशोर यादव, शरतसिंह भण्डारी रहेका छन् भने  समाजवादी पार्टीको तर्फबाट उपेन्द्र यादव, डा.बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ, रेणु यादव र पर्शुराम खापुङ रहेका छन् ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.