केन्द्रीय संस्करण

९ जनामा आरडिटी नतिजा पोजेटिभ आएपछि पौवादुङ गाउँपालिका सिल

person explore access_timeजेठ २१, २०७७ chat_bubble_outline0
file photo

भोजपुर । भोजपुरको पौवादुङमा नौ जनाको आरडिटी परीक्षण नतिजा पोजेटिभ आएपछि गाउँपालिका सिल गरिएको छ ।  मङ्गलबार ३३ जनाको आरडिटी परीक्षण गर्दा स्वास्थ्यकर्मीसहित नौ जनाको रिपोर्ट पोजेटिभ आएपछि समुदायमा सङ्क्रमण फैलिन नदिन सबै वडा सिल गरिएको गाउँपालिकाले जनाएको छ । 
 
गाउँपालिका अध्यक्ष किरण राईले भने, ‘आरडिटी परीक्षण गर्दा छ स्वास्थ्यकर्मीसहित नौ जनाको रिपोर्ट पोजेटिभ देखिएपछि थप सतर्कता अपनाउन गाउँपालिका नै सिल गर्ने निर्णय गरेका छौं, आरडिटी किट अभावले अन्यको परीक्षण गराउन सकिएन, आवश्यक स्वास्थ्य सामग्रीका लागि प्रदेश सरकारलाई माग गर्नेसमेत आकस्मिक बसेको कार्यपालिकाको बैठकले निर्णय गरेको छ ।’

आरडिटी पोजेटिभ आएका सबैलाई वडा नं १ श्यामशीलास्थित राधाकृष्ण माध्यमिक विद्यालयको आइसोलेसन वार्डमा राखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्ञानु दाहालले जानकारी दिइन् । उनीहरुको आज स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाउने तयारी रहेको पनि उनले जानकारी दिइन् । गाउँपालिकामा स्वाब सङ्कलनमा लागि १० वटा मात्र भिटिएम रहेको संयोजक दाहालको भनाइ छ । पुनः आज सात जनाको पनि आरडिटी पोजेटिभ आएको छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.