बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा स्वास्थ्यकर्मीमाथि आक्रमण

बुधबार, २१ जेठ २०७७, १६ : ०६
बुधबार, २१ जेठ २०७७

रौतहट । रौतहटको दक्षिणीभेग राजपुर नगरपालिकास्थित क्वारेन्टिनमा खटिहेका स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ । यस्तै उनीहरु चढ्ने सवारीसाधन समेत तोडफोड भएको छ।

क्वारेन्टिनमा बस्ने संकास्पद बिरामीको आरडिटी परीक्षणको नतिजा पोजिटिभ आएपछि उनीहरुले स्वास्थ्यकर्मी उपर आक्रमण गरेका थिए ।

आक्रमणबाट सहायक नगर स्वास्थ्य संयोजक रामनरेस साह र अर्का स्वास्थकर्मी खुुर्सिद आलमको टाउकोमा चोट लागेको छ ।

 उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा उपचार भइरहेको नगर स्वास्थ्य संयोजक रवीन्द्र कुमार झाले जानकारी दिए । 

साथै उनीहरुले स्वास्थ्यकर्मी चढने तीनवटा निजी मोटर साइकलमा समेत तोडफेोड गरेको संयोजक झाले जानकारी दिए । रौतहट प्रहरीले यसबारे घटनाबारे छानबिन भइरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप