शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट दोलखाका ७६ वर्षीय पुरुषको मृत्यु

थप २०१ जनामा कोरोना संक्रमण पुष्टि
बुधबार, २१ जेठ २०७७, १६ : ५३
बुधबार, २१ जेठ २०७७

कोरोनाभाइरस संक्रमणबाट दोलखाका एक ७६ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । 

ती पुरुष गत जेठ १३ गते काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका लागि भर्ना भएका थिए । उनलाई हेमोरेजिक स्ट्रोक भएकोमा सोको अपरेशन गरिएको थियो । यस्तै जेठ १५ गते स्वाबको परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । 

 त्यसपछि त्रिवि शिक्षण अस्पतालमा रिफर भएका उनको सो अस्पतालको आईसीयूमा उपचार भएकोमा बुधबार निधन भएको प्रवक्ता देवकोटाले जानकारी दिए । 

यससँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ९ पुगेको छ । 

यसैबीच नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २३०० पुगेको छ । बुधबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा  देवकोटाले थप २०१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमतिको संख्या २३०० पुगेको बताए । 
मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २०९९ रहेको थियो । 
यस्तै बुधबार थप १२ जना संक्रमण निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या २७८ पुगेको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप