शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संशोधन प्रस्ताव दर्ता गराउनेमा जनमोर्चा पनि थपियो, संघीयता खारेजीको माग

बुधबार, २१ जेठ २०७७, १८ : ०१
बुधबार, २१ जेठ २०७७

काठमाडौं । सरकारले संसदमा संविधान संशोधन प्रस्ताव पेस गरेसँगै विभिन्न दलहरुले पनि आफ्नो तर्फबाट संशोधनको प्रस्ताव दर्ता गर्ने क्रम रोकिएको छैन । 

राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी र नेपाली कांग्रेसले संशोधन प्रस्ताव दर्ता गरेपछि बुधबार राष्ट्रिय जनमोर्चाले पनि संविधान संशोधन विधेयक दर्ता गरेको छ । 

संघीयता खारेजीको माग गर्दै जनमोर्चाले संशोधन विधेयक दर्ता गरेको हो । देशले संघीयता धान्न नसक्ने भएकाले संघ र स्थानीय तह कायम हुनेगरी संशोधन गर्न विधेयक दर्ता गरिएको पार्टीका अध्यक्ष चित्र बहादुर केसीले बताए । संघीयता खारेज गरी स्थानीय निकायलाई बलियो बनाउने गरी अधिकार प्रदान गर्नुपर्ने उनले बताए ।

नेपाल पछाडि पर्नुको कारण एकात्मक शासन प्रणाली नभएको उल्लेख गर्दै उनले संघीय प्रणालीले समस्या समाधान नहुने बताए । 

आफूहरुले २०६४ सालबाट नै प्रदेशको संरचना उपयुक्त नहुने मत राख्दै आएको उनले बताए । 

अहिले सरकारले संशोधन प्रकृया अघि सारेपछि अन्य दलहरुले पनि आफ्नो संशोधन विधेयक दर्ता गरेका कारण आफूहरुले पनि विधेयक दर्ता गरेको उनले बताए । जनमोर्चाको संसदमा एक सांसद रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप