शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तालिबानको अल कायदासँग सम्बन्ध छ– संयुक्त राष्ट्रसंघ

बुधबार, २१ जेठ २०७७, १८ : ४५
बुधबार, २१ जेठ २०७७

एजेन्सी । अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबान विद्रोहीको अहिले पनि अल कायदा नामक संस्थासँग सम्बन्ध रहेको पाइएको छ । सो जानकारी संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको प्रतिवेदनमा दिएको छ । मंगलबार जारी गरेको एक प्रतिवेदनमा सो जानकारी दिइएको हो । तर यो रिपोर्टलाई तालिबानहरुले भने आधारहिन भनेका छन् । तालिबानहरुले अहिले पनि अलकायदा नामक अर्को आतंककारी समूहसँग राम्रो सम्बन्ध जारी राखेको हालै संयुक्त राष्ट्रसंघले सुरक्षा परिषदलाई बुझाएको प्रतिवेदनमा उल्लेख गरेको छ । 

तालिबानहरुले अहिले पनि भित्री रुपमा अल कायदासँग सम्बन्ध राखेको र सोही कारणले अमेरिकासँग भएको सहमति बमोजिम शान्ति वार्ताका लागि सम्झौता गर्न नमानेको सो रिपोर्टमा जनाइएको छ ।

यसअघि करिब तीन महिनाअघि तालिबान र अमेरिकाबीच अफगानिस्तानको सरकारसँग वार्ता गरी अफगानिस्तानमा शान्तिवार्ता गरिने विषयमा कतारको दोहामा एक सम्झौता भएको थियो ।  तर त्यस बमोजिम वार्ताको प्रक्रिया भने अहिलेसम्म पनि सुरु हुन सकिरहेको छैन ।  –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप