क्वारेन्टिनमा मृत्यु भएकी बैतडीकी महिलामा कोरोना संक्रमण देखिएन
बैतडी । क्वारेन्टिनमा मृत्यु भएकी बैतडीकी एक महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
जिल्ला पुर्चौडी नगरपालिका४ स्थित मालिका मावि भटनाको क्वारेन्टिनमा मृत्यु भएकी भटनाकै २२ बर्षीय महिलाको कोरोना रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले जानकारी दिए ।
मृतक महिलासँगै क्वारेन्टिनमा रहेका थप चार जनाको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको उनको भनाइ छ ।
उनका अनुसार मृतक महिला, मृतक महिलाका श्रीमान, १८ महिने छोरा, एक जना आफन्त सहित चारजानको जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । कोरोना आशंकामा उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाइएको थियो ।
मृतक महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि दाहसंस्कारका लागि शव आफन्तको जिम्मा लगाइएको नगरपालिकाका स्वास्थ्य संयोजक विनोद कुँवरले जानकारी दिए ।
मृतक यही जेठ १६ भारतको पञ्जाबबाट मुटुरोगको उपचार गराएर फर्किएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै