बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना परीक्षण निजी अस्पताललाई दिन प्रधानमन्त्री सकारात्मक

बुधबार, २१ जेठ २०७७, २२ : ०३
बुधबार, २१ जेठ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कोरोना परीक्षणको जिम्मा निजी अस्पताललाई पनि दिन सकारात्मक भएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै ५ घण्टा भएको छलफलमा  विज्ञहरुले लकडाउन खुकुलो पार्न र कोरोना परीक्षणको दायरा बढाउन ओलीलाई सुझाव दिएका छन् । 

प्रधानमन्त्रीसँगको छलफलमा सहभागी जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितले कोरोना परीक्षण सरकारी अस्पतालमा मात्रै भरर पर्दा धेरै समय लाग्ने भएकाले निजी क्षेत्रका अस्ताललाई पनि सहभागी गराउन सुझाव दिएको बताए ।
 त्यस्तै उनले क्वारेन्टाइनमा धेरै मानिसहरु रहेकाले पनि निजी अस्पतालहरुमार्फत परीक्षण दायरा बढाउन जरुरी रहेको आफ्नोे सुझावमा प्रधानमन्त्री सकारात्मक देखिएको बताए ।

जवाफमा प्रधानमन्त्रीले पुनः अर्को छलफल गरेर त्यसबारे धारणा बनाउन सकिने भन्दै यस्तो छलफल पहिल्यै गर्नुपर्ने महसुश भएको धारणा राखेका थिए । 

त्यस्तै चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले लकडाउनका विषयमा डव्लुएचओका गाइडलाइनअनुसार जानुपर्ने सुझाव दिएको बताए । त्यस्तै चिकित्सकहरुको मनोवल बढाउन राज्यले पहल चाल्न सुझाव दिएको बताए ।
 त्यसमा प्रधानमन्त्रीले विज्ञहरुको टोली बनाएर उक्त टोलीको सुझावका आधारमा कोरोना परीक्षणका लागि निजी क्षेत्रलाई सहभागी गराउने नगराउने भन्ने निर्णय हुने बताएको डा. कार्कीले जानकारी दिए । 

गत चैत ११ गतेदेखि जारी लकडाउन लम्बिदै जेठ ३२ सम्मलाई तोकिएको छ । तर पछिल्लो समय लकडाउनको विकल्प खोज्न सरकारमाथि दवाव बढ्दै आएको छ । दवाव बढ्दै गएपछि प्रधानमन्त्रीले सरोकारवाला र विज्ञहरुसँग छलफल गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप