विराटनगरमा अतिआवश्यक पसल मध्याह्न १२ बजेसम्म सञ्चालन हुने
बुधबार, २१ जेठ २०७७, २२ : ०८
मोरङ । विराटनगर महानगरपालिकामा रहेका होटल, रेष्टुुराँ तथा सैलुनबाहेक अतिआवश्यक पसल तथा व्यवसाय बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । महानगरपालिका अन्र्तगत कोभिड क्राइसीस म्यानेजमेन्ट कमिटीको आज बसेको बैठकले भोलि बिहानदेखि मध्याह्न १२ बजेसम्म पसल सञ्चालन गर्न दिने निर्णय भएको महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिए । महानगरपालिकाले सामाजिक दूरी कायम गरी सुरक्षितरुपमा व्यवसाय सञ्चालन गर्ने व्यवस्था मिलाइएको उनले बताए ।
व्यवसाय सञ्चालन गर्दा जिल्ला प्रशासन कार्यालय र महानगरपालिकाले संयुुक्तरुपमा अनुगमन गर्ने व्यवस्था मिलाइएको छ । मापदण्ड विपरीत सामाजिक दूरी कायम नगर्ने र तोकिएको समयबाहेक अन्य समयमा व्यवसाय सञ्चालन गरेको पाइएमा कारवाही हुने महानगरपालिका प्रमुख पराजुुलीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै