पाकिस्तानमा पनि बढ्दै कोरोना भाइरसका सङ्क्रमित
एजेन्सी । पाकिस्तानमा कोरोनाभाइरस सङक्रमितको संख्या बढ्दै गएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ८० हजार ४८३ पुगेको बुधबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा ४ हजार ६५ संक्रमित थपिएका बताइएको छ ।
पाकिस्तानमा सङ्क्रमित मध्येका १ हजार ६८८ व्यक्तिको अहिलेसम्म मृत्यु भएको पनि अधिकारीहरले जानकारी दिएका छन् । पाकिस्तानमा बुधबार मात्र ६७ जना संक्रमितको ज्यान गएको छ । पाकिस्तानको सिन्ध, पञ्जाव, खैबर पाख्तुनख्वा,बालोचिस्तान, गिलगित बाल्टिस्तान, इस्लामावाद र पाकिस्तान प्रशासित काश्मिर बढी प्रभावित क्षेत्रको रुपमा रहेका छन् ।
सङ्क्रमितहरुमध्ये २८ हजार ९२३ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका पनि प्राप्त समाचारमा जनाइएको छ । अधिकारीहरुले यहाँका विभिन्न अस्पतालमा ४९ हजार ८५२ जना सङ्क्रमितले उपचार गराइरहेको जनाएका छन् ।–सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली पुलबाट हाम फाल्ने युवक मृत फेला
-
सभामुखको भ्रमणबाट राज्यले के पायो जवाफ चाहिन्छ : हरि ढकाल
-
पुष्पा २ अघि ३ को तयारी, नाम पनि भयो फाइनल
-
भारतले दियो बिजुली आयात अनुमति, ‘लोडसेडिङ’को जोखिम टर्यो
-
प्रहरीमा १ वर्षमा ५९ हजार मुद्दा दर्ता
-
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झासहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर