शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टिचिङमा मृत्यु भएका कोरोना संक्रमितको अन्तिम संस्कार गरियो

बुधबार, २१ जेठ २०७७, २३ : ०५
बुधबार, २१ जेठ २०७७

काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जमा उपचारका क्रममा  मृत्यु भएका ७६ वर्षीय कोरोना संक्रमितको अन्तिम संस्कार गरिएको छ । 

बुधबार मृत्यु भएका दोलखाका उनको पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गरिएको पशुपति कोषका एक कार्यसमिति सदस्यले रातोपाटीलाई जानकारी दिए ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधिअनुसार बुधबार साँझ अन्तिम संस्कार गरिएको हो । 

मृतक ती पुरुष गत जेठ १३ गते काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका लागि भर्ना भएका थिए । उनलाई हेमोरेजिक स्ट्रोक भएकोमा सोको अपरेशन गरिएको थियो । यस्तै जेठ १५ गते स्वाबको परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।  त्यसपछि त्रिवि शिक्षण अस्पतालमा रिफर भएका उनको सो अस्पतालको आईसीयूमा उपचार भएकोमा बुधबार मृत्यु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप