बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रुकुममा प्रहरी चौकी आक्रमणको नेतृत्व गर्ने वडाअध्यक्ष पक्राउ

बुधबार, २१ जेठ २०७७, २३ : ३९
बुधबार, २१ जेठ २०७७

काठमाडौं । मंगलबार साँझ रुकुमको मुसिकोटस्थित छिवाङ ज्यलुलामा रहेको प्रहरी चौकी आक्रमणको नेतृत्व गर्ने वडाअध्यक्ष दिपक केसी पक्राउ परेका छन् ।

केसीलाई बुधबार पक्राउ गरिएको कर्णाली प्रदेशका प्रहरी प्रवक्ता डिएसपी लोकनाथ तिम्सिनाले जानकारी दिए । मादक पदार्थ सेवन गरेको २५ जना युवाको समूहले वडाअध्यक्ष केसीको नेतृत्वमा चौकीमा आक्रमण गरेका थिए ।

प्रहरीहरु खाना खाइरहेका बेला भएको आक्रमणका कारण चौकीको पोष्ट समेत भत्किएको थियो भने उनीहरुले २ जना प्रहरीलाई कुटपिट समेत गरेका थिए ।

केसी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित वडाअध्यक्ष हुन् । चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा आठ प्रहरी कार्यरत छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप