सर्वसाधारण समस्यामा पर्न थालेपछि लकडाउन खुकुलो बनाउँदै सरकार
बिहीबार, २२ जेठ २०७७, ०६ : ५२
काठमाडौं – लगातारको लकडाउनका कारण सर्वसाधारण समस्यामा पर्न थालेपछि सरकारले यसलाई खुकुलो बनाउने तयारी थालेको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत ११ चैतदेखि लगातार लकडाउन गर्दै सवारीसाधन चलाउन तथा अत्यावश्यक कामबाहेक घर बाहिर निस्कनसमेत प्रतिबन्ध गर्दै आएपछि पछिल्लो दिनमा सर्वसाधारण समस्यामा पर्न थालेका छन् ।
जनस्तरबाट लकडाउनको मोडालिटी परिवर्तन गरिनुपर्ने चर्को आवाज उठ्न थालेसँगै सरकारले तहगत रूपमा लकडाउन खुकुलो बनाउने तयारी थालेको हो । त्यसको तयारीस्वरूप प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विभिन्न क्षेत्रका विज्ञसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनले लकडाउनको विकल्पबारे राय लिएका थिए । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेन्नई र लखनउका कप्तानलाई जरिवाना
-
एलोन मस्ककाे भारत भ्रमण स्थगित
-
इलाम-२ उपनिर्वाचनबारे पूर्वसांसद बेनुप प्रसाईंको विश्लेषण
-
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
-
हिमाली महासङ्घ राज्यका प्रस्तावक मुख्तियार भीमसेन थापा
-
कोशी प्रदेशका अस्पतालहरूमा रगतको चरम अभाव