यस्तो छ बिहीबारको मौसम पूर्वानुमान
मौसम पूर्वानुमान महाशाखाले नेपालमा आज स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको निसर्ग चक्रवातको प्रभाव परेको जनाएको छ ।
यसैगरी, हाल देशभरी नै सामान्य र पूर्ण बदली भइरहेको साथै प्रदेश १, २ र बाग्मती प्रदेशबाहेक अन्य प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।
यस्तै, दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी प्रदेशहरुमा मौसम सामान्य बदली रहनेछ।
भने, सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरु र बाकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, राति सुदूरपश्चिक प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ र बागमती प्रदेशमा पूर्ण बदली रहि बाँकी प्रदेशहरुमा मौसम सामान्य बदलि रहनेछ। भने सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थान र बाकी भूभागका एक,दुई स्थानहरुमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रयाक्टरले किचेर एकको मृत्यु
-
आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल
-
‘बोक्सीको घर’ बारे प्रिमियरमा कसले के भने ?
-
रुसी सेनामा गएका नेपालीको अवस्थाबारे परराष्ट्रले जवाफ दिनुपर्छ : नेता पौडेल
-
क्लब छाड्ने निर्णयमा ज्याभीको यू–टर्न
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहितको मुद्दामा आज सुनुवाइ