बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानले पनि उछिन्यो चीनलाई

बिहीबार, २२ जेठ २०७७, १३ : ०६
बिहीबार, २२ जेठ २०७७

पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या ८५ हजार  २६४ पुगेको छ । योसँगै संक्रमितको संख्याको मामिलामा चीनलाई पनि उछिन्ने पाकिस्तान अर्को देश बनेको छ ।

पाकिस्तानमा हालसम्म १ हजार ७७० जनाले ज्यान गुमाइसकेका छन् ।

देशमा संक्रमितको संख्या बढी रहे पनि मेको सुरुवातबाट लकडाउनलाई खुकुलो पारिएको थियो । यता, सरकारले कोरोनाभाइरसको परीक्षणलाई पनि तीव्र पारेको छ ।

चीनमा हालसम्म ८४ हजार १६० जना संक्रमित फेला परेका छन् भने ४ हजार ६३८ जनाले ज्यान गुमाइसकेका छन् ।

विश्वमा कोरोना संक्रमितको संख्या ६५ लाख ७३ हजार ५८६ रहेको छ । यस दौरान ३१ लाख ७० हजार ५३२ जना निको भएका छन् भने ३ लाख ८८ हजार ४१ जनाले ज्यान गुमाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप