विद्युतीय सवारी र इन्धनबाट चल्ने सवारीमा लाग्ने करमा कति फरक ? यस्तो छ करको दर
विद्युतीय सवारी साधनमा कर बढाएपछि अहिले त्यसको व्यापक विरोध भइरहेको छ । विद्युतीय सवारीको कर बढ्दैछ भन्ने सूचना चुहाएर अर्थमन्त्रीले विद्युतीय गाडी भित्र्याउन चलखेल गरेको भन्दै प्रश्न समेत संसदमा उठेको छ ।
एकातिर वातावरण प्रदूषण कम गर्न र विद्युतीय खपत बढाउन विद्युतीय सवारी प्रयोगलाई प्रोत्साहन गर्ने भनेको सरकारले अर्कोतर्फ यस्ता सवारी साधनमा कर बढाएर निरुत्साहन गर्न खाजेको आरोप व्यवसायीहरुले लगाउँदै आएका छन् ।
यता अर्थमन्त्रीले मन्त्रालयबाट सूचना चुहाउन सम्भव नभएको भन्दै स्पष्टिकरण समेत दिएका थिए । उसो त हरेक बजेट अघि कर बढ्ने अनुमानले सवारी साधनहरु भित्रने गरेका छन् ।
भन्सार महसुल १० प्रतिशतमात्र लाग्ने गरेको विद्युतीय सवारीमा अब अन्तशुल्क पनि लाग्ने व्यवस्था बजेटले गरेको छ । आगामी आर्थिक वर्ष (२०७७÷७८) को बजेटले विद्युतीय सवारीमा ८० प्रतिशतसम्म अन्तशुल्क लाग्ने व्यवस्था गरेको छ ।
गाडीमा प्रयोग भएको ब्याट्री पावरका आधारमा ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म अन्तशुल्क लाग्छ । सरकारले बिद्युतिय गाडीमा अन्तशुल्क लगाएर इन्धनको सवारी साधन प्रयोगमा प्रोत्साहन गरेको आरोप छ ।
इन्धनको सवारी साधनमा इन्जिन क्षमता अनुसार अन्तशुल्क लाग्छ । अहिले इन्धनको सवारीमा ८० प्रतिशत भन्सार महसुल छ भने ६० देखि सय प्रतिशतसम्म अन्तशुल्क लाग्दै आएको छ । यद्यपि, यो बजेटले भने इन्धनबाट चल्ने सवारी साधनको करमा फेरबदल गरेको छैन ।
सवारी साधनमा लाग्ने कर यतिमा मात्र सीमित छैन । मूल्य अभिवृद्धि कर (भ्याट) र सडक कर समेत लाग्ने गरेको छ । मूल्य अभिवृद्धि कर दुबैमा १३ प्रतिशत लाग्छ भने सडक कर विद्युतीय सवारीमा पाँच प्रतिशत र इन्धनबाट चल्ने सवारीमा ८ प्रतिशत लाग्छ ।
करको फरक कति छ ?
भन्सार शुल्क
विद्युतीय सवारी साधनमा ५० देखि ३ सय वाट र त्यसभन्दा माथिका सबै सवारी साधनमा ८० प्रतिशत भन्सारदर कायम गरिएको छ । यसअघि १० प्रतिशत थियो । यस्तै सबै खालको मोटर पार्टसमा २० प्रतिशत छ । यता सबै खालको क्षमता भएको सवारी साधनको भन्सारदर ८० प्रतिशत हो ।
अन्तशुल्क
कार, जीप, भ्यानको (तीन पांग्रे) ५ प्रतिशत, ५० किलोवाटसम्मको ३० प्रतिशत, ५० देखि १०० किलोवाट सम्मको ४० प्रतिशत, सय देखि १५० किलोवाटको ५० प्रतिशत र १५० देखि २०० किलोवाट सम्मको ६० प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था बजेटले गरेको छ । यसैगरी २०० किलोवाट भन्दा माथिको ३०० किलोवाट र ३०० किलोवाटभन्दा माथिको ८० प्रतिशत अन्तशुल्क लाग्दछ ।
इन्धनबाट चल्ने कारमा हजार सीसीसम्म ६० प्रतिशत, हजारदेखि १५ सय सिसिसम्म ६५ प्रतिशत, १५ सय देखि २ हजार सिसिसम्म ७० प्रतिशत, २ हजारदेखि २५ सय सिसिसम्म ८० प्रतिशत, २५ सय देखि ३ हजार सिसिसम्म ९० प्रतिशत र ३ हजार सिसिभन्दा माथिको सय प्रतिशत अन्तशुल्क लाग्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फौजदारी न्यायको प्रभावकारिता बिना न्याय प्रणाली सुदृढ बन्न सक्दैन: प्रधानन्यायाधीश श्रेष्ठ
-
सङ्घीयता प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न निर्देशन
-
चीनले अस्ट्रेलियन वाइनमा लगाएको अतिरिक्त शुल्क हटायो
-
तलब खुवाउन विद्यार्थीबाट ११ लाख उठाएर हिनामिना, अख्तियारले चलायो मुद्दा
-
‘निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन्’
-
पाल्पामा युवतीको हत्या, एक युवक पक्राउ