शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गर्भवती हात्तीको हत्याराबारे जानकारी दिनेलाई एक लाख इनाम

बिहीबार, २२ जेठ २०७७, १३ : ५५
बिहीबार, २२ जेठ २०७७

वाइल्ड लाइफ एसओएसले भुइँकटहरभित्र बिस्फोटक पदार्थ राख्नेविरुद्ध आवाज उठाएको छ । यस्तो बिस्फोटक जनावरको मुखमा बिस्फोट हुन्छ जसले जनावरकै  मृत्यु गराउँछ । वाइल्ड लाइफ एसओएसले यस्तो अपराध रोक्न माग गरेको छ ।

प्रारम्भिक अनुसन्धानमा पत्ता लागेअनुसार हात्तीको मुखमा घाउ भएको थियो र क्रुड बमका कारण जिब्रो पनि टुक्रा भएको थियो । भुइँकटहरमा लुकाएको बिस्फोटक उसले चपायो र तीन दिनपछि मृत्यु भयो ।

वाइल्ड लाइफ एसओएसले हत्यामा संलग्न आरोपीलाई पक्राउ गर्न सहयोग गर्नेलाई एक लाख इनाम घोषणा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप