पौराणिक कथामा फिल्म ‘सत्यकाम’
बिहीबार, २२ जेठ २०७७, १४ : ४७
काठमाडौं । पौराणिक कथाको बिषयमा आधारित रहेर निर्माण गरिएको छोटो फिल्म ‘सत्यकाम’ सार्वजनिक भएको छ ।
लकडाउनको समय सदुपयोग गर्दै निर्माण भएको फिल्ममा नवयुग निरौला, सम्झना निरौला, कुञ्जन निरौला,सौगात निरौला, निशान निरौलालगायतको अभिनय रहेको छ ।
फिल्म नकुल निरौलाले निर्देशन गरेका हुन् । फिल्मले आम मानिसमा सकारात्मक सन्देश दिने निर्देशक निरौलाले बताए ।