बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनको मोडालिटी परिवर्तन गर्न मन्त्रिपरिषद् बैठक जारी

बिहीबार, २२ जेठ २०७७, १७ : २०
बिहीबार, २२ जेठ २०७७

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । आजको बैठकबाट सरकारले कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि अपनाएको लकडाउनको मोडालिटी परिवर्तन गर्ने अपेक्षा गरिएको छ ।

मन्त्रिपरिषद बैठकले लकडाउन मोडालिटी परिवर्तनबारे निर्णय गर्नसक्ने एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार लकडाउनले थप समस्या सिर्जना हुन नदिन सरकार गम्भीर रहेकाले त्यसबारे निर्णय हुनसक्नेछ ।
सरकारले पछिल्लो पटक आगामी जेठ ३२ गतेसम्म लकडाउन घोषणा गरेको छ । चैत ११ यता लगातारको लकडाउनले सर्वसाधारणको जनजीवन प्रभावित हुनुका साथै आर्थिक गतिविधिमा समेत असर गरेकाले यसको मोडालिटी परिवर्तन गर्न चौतर्फी दवाव सरकारमाथि छ । 

यसै विषयमा प्रधानमन्त्री ओलीले बुधबार साँझ विज्ञहरुसँग ५ घण्टा परामर्श गरेका थिए ।. परामर्शमा स्वास्थ्यविद, अर्थविद, योजनाविद् लगायतले लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमनत्री ओलीलाई सुझाव दिएका थिए भने प्रधानमन्त्री पनि यसबारे सकारात्मक देखिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप