रौतहट : बजार खोल्न दिने स्थानीय प्रशासनको निर्णय
रौतहट । लकडाउनको कारण व्यापारी र उपभोक्ता दुबै पक्षलाई भइरहेको कठिनाइलाई मध्यनजर गर्दै शुक्रबारदेखि रौतहटका व्यापार व्यवसाय खोल्ने निर्णय भएको छ ।
कोभिड–१९ अर्थात को जोखिमका बीच स्थानीय प्रशासनले शुक्रबारदेखि रौतहटका सबैखाले व्यापार व्यवसाय संचालन गर्न निर्णय गरेको हो । तर त्यसका लागि सम्बन्धितले केही सर्त भने पालना गर्नुपर्नेछ ।
बिहीबार जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा सिडिओ बासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकले औषधि पसल २४ सै घन्टा खुल्न दिने निर्णय गरेको छ भने बैंक तथा वित्तीय संस्था दैनिक बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।
बैठकमा सहभागी रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्काले खाद्यान, किराना पसल तथा गैरखाद्यान पसल पनि एक एकदिन बिराएर आलोपालो बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म खोल्ने निर्णय गरिएको बताए ।
उपरोक्त व्यवसाय सञ्चालन गर्न सर्तहरु अनिवार्य पालना गर्नुपर्ने स्थानीय प्रशासनले जनाएको छ ।
जसअनुसार मालसामान खरिद बिक्री गर्ने क्रममा संक्रमणको जोखिम हुन नदिन भिडभाड हुुन नदिने, कम्तीमा ३ फिटको दुरी कायम गर्नुपर्ने, लाइन व्यवस्था गर्ने जिम्मेवारी सञ्चालक तथा सेवा प्रदायक संस्थाको हुने सर्त राखिएको छ ।
यस्तै व्यवसायी तथा ग्राहकले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थामा सेनिटाइजर र हातधुन साबुन पानीको अनिवार्य गर्नु पर्ने पनि सर्त राखिएको छ ।
व्यवसाय संचालन तथा मालसामान खरिद गर्न जाँदा सवारी साधनको प्रयोग गर्न नपाइने पनि प्रशासनले जनाएको छ । तर, बैंक बित्तीय संस्था तथा औषधिपसल जस्ता अति आवश्यक सेवा सञ्चालन गर्न भने सवारी साधनको प्रयोग गर्नु परेमा तोकिएको स्थानमा मात्रै पार्किङ गर्न पाइने निर्णय गरिएको छ ।
सर्त पालना भए नभएको अनुगमन गर्न रौतहट उद्योग बाणिज्य संघले व्यवसायीहरुको संलग्नतामा एउटा समिति समेत बनाएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा