बझाङमा २६ वर्षीय युवकमा कोराना संक्रमण पुष्टि
बिहीबार, २२ जेठ २०७७, २० : ५२
बझाङ । जेठ १५ गते भारतको दिल्लीबाट बझाङ आएका एक युवकको कोरोना संक्रमण पुष्टि भएको छ । २६ वर्षीय उनी बित्थड चिर गाउँपालिका ७ का स्थायी बासिन्दा हुन् ।
भारतबाट आएर गाउँपालिकाको व्वारेन्टाइनमा बस्दै उनमा पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।
भारतबाट सँगै आएका परिवारमा आमा र बच्चाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण नेगेटिभ आएको तर ती युवकको रिर्पोट पोजेटिभ आएको जिल्ला जन स्वास्थ्य कार्यालयका प्रमुख भानुभक्त जोशीले बताए । सँगैका १३ जनाको पिसिआर परीक्षण गर्दा १२ जनामा रिपोर्ट नेगेटिभ आएको तर एक जनामा रिपोर्ट पोजेटिभ आएको उनको भनाइ छ ।
कोरोना संक्रमण पुष्टि भइसकेपछि उनलाई डडेल्धुरा अस्पतालमा रिफर गरिएको छ । जिल्लामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहट ट्राफिकद्वारा चालु आर्थिक वर्षमा झन्डै १७ हजारलाई सवारी कारबाही
-
भूकम्पीय क्षति : ताइवानबाट नेपालले कस्तो पाठ सिक्ने
-
जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा सोलुखुम्बुमा पाँच घर जले
-
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री
-
माओवादीबाट रणसिं परियार मन्त्री बन्दै, बाँकी मुख्यमन्त्रीको विश्वासको मत पछि
-
बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति