शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी आन्दोलनको पक्षमा

शुक्रबार, २३ जेठ २०७७, ०० : ०८
शुक्रबार, २३ जेठ २०७७

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी कान्छी छोरी टिफनी ट्रम्प अमेरिकामा जारी आन्दोलनको समर्थनमा उभिएकी छिन् । टिफनीले इन्स्टाग्राममा एक कालो तस्बिर पोष्ट गर्दै जारी आन्दोलनको समर्थन गरेको संकेत दिएकी छिन् । उनले लेखेकी छिन्, ‘एक्लै हामी थौरै हासिल गर्न सक्छौ, सँगै हामी धेरै गर्न सक्छौ भन्ने हेलेन केलरको उक्तिलाई समेत उल्लेख गरेकी छिन् । उनले इन्स्टाग्राममा  #BlackoutTuesday #justiceforgeorgefloyd लेखेकी छिन् ।

वकिल पेशामा आवद्ध ट्रम्पकीको छोरीको यो सन्देश यस्तो बेलामा आएको छ, जब अमेरिकन पुलिसहरुले वासिङटनस्थित ह्वाइट हाउसबाहिर प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएर अश्रुग्यास प्रहार गरिरहेको थिए । त्यस्तै ट्रम्पकी दोश्रो पत्नी अर्थात टिफ्नीकी आमाले पनि आन्दोलनलाई समर्थन गरेकी छिन् । 

पछिल्लो हप्ता एक श्वेत प्रहरी अधिकारीले काला जातिका जर्ज फलायडमाथि हातपातपछि मृत्यु भएको विरोध अमेरिकामा देशव्यापी आन्दोलन चर्किरहेको छ । विरोध प्रदर्शन चर्किदै गएपछि देशका ४० शहरमा कर्फ्यु आदेश समेत जारी गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप