शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्यकर्मीको लापर्वाहीले तीन महिने शिशुको मृत्यु भएको आरोप

घटना ढाकछोप गर्न उज्यालो नहुँदै शव गाडियो
शुक्रबार, २३ जेठ २०७७, ०७ : ३७
शुक्रबार, २३ जेठ २०७७

पाल्पा जिल्लाको रैनादेवी गाउँपालिका–६ छहराको चमला दमारमा एक शिशुको उपचारमा स्वाथ्यकर्मीले लापर्वाही गर्दा मृत्यु भएको आफन्तहरुले आरोप लगाएका छन् । खुमबहादुर सोमरौका ३ महिनाका छोरालाई निमोनियाको उपचार गर्ने क्रममा जुठापौवामा रहेको मेडिकलमा अहेव विनोद पौडेयले आवश्कयताभन्दा धेरै बाफ दिँदा मृत्यु भएको आरोप आफन्तले लगाएका हुन् ।

मृत्तकका बुवा सौमरौले ४० मिनेटभन्दा धेरै समय लागातर बाफ दिँदा मृत्यु भएको बताए । बुवा सौमरौले भने, ‘पटक –पटक हामीले बाफ धेरै भयो भन्दा उल्टै हामीलाई थर्काइयो । बाफ धेरै भयो, अब रोक्नुहोस भन्दै हामी रुँदा समेत रोकिएन । अन्ततः हाम्रो बावुको ज्यान भयो ।’

बाफ लगाएर मेडिकलबाट घर लैजादै गर्दा आधा घण्टापछि बाटैमा शिशुको मृत्यु भएको थियो । मृत्यु भएपछि स्थानीयवासी शिक्षक तथा आफन्तहरु मालिका आधारभुत विद्यालयको कक्षा कोठा शिसुको शवलाई राति कुरेर बसेका थिए ।

स्थानीयहरु उपचार लापरवाही भएकोले अर्को दिन बिहान छलफल गर्ने कानुन प्रकृया जाने मनसायले बसेपनि बिहान उज्यालो नहुदै स्वास्थकर्मी पक्षका मानिसहरुले शव गाड्न लगाएको आरोप स्थानीय हेमा पाण्डेयले रातोपाटीसँग बताइन् ।

उनले प्रहरीले उजुरी लिन नमान्नु, उज्यालो नहुँदै पोष्टमार्टम बिना र मृत्तक आफन्तको सल्लाह विना शिसुको शव गाड्नुले उपचारमा समग्न स्वास्थ्यकर्मीको लापरवाहीको पुष्टि भएको दावी गरिन् । पीडित पक्षको आर्थिक अवस्था कमजोर र उपचारका संलग्न अहेव वडा सदस्यको छोरा भएकोले घटना ढाकछोप  गर्नतर्फ लागेको स्थानीय हिमाल पाण्डेयले बताए ।

स्थानिय एक शिक्षकले पनि घटना शंकास्पद भएको बताए । परिवारको सल्लाहबिना र कानुनी प्रक्रिया बिना बिहान ४ वजे शिशुको शव गाडिएको बताए ।

यता, मेडिकल सञ्चालक अवेह बिनोदले निमोनियका विरामीलाई बाफ दिएको तर बच्चा बाटैमा मृत्यु भएको आफु सम्पुर्ण बिषयको जवाफदेखी नहुने जिकिर गरे ।

मृत्युलाई  ढाकछोप

केही समय पहिला रुपन्देहीको सौनामैनमा मेडिकल चलाएका बिनोद हालै आफ्नौ घर पायन पर्ने स्थान पाल्पाको जुठापौवा मेडिकल सञ्चालनमा गर्दै आएका छन् । उक्त स्थानमा अर्को मेडिकल  छैन ।

उनीकी आमा निर्मला पौड्याल वडा सदस्य तथा रैनादेवी गाउँपालिको कार्यपालिका सदस्य हुन् । भने उनका बुवा काशिराम पौडेयल पनि घरमै औषधी विक्री गर्दछन् ।

शिशुको मृत्यु भएको सैमौरे परिवारको आर्थिक अवस्था निकै कमजोर छ । गाउँमै ज्यालादारी गरेर जिविकोपार्जन गर्दै आएका सौमरैको लेखपढ पनि छैन् । उनलाई अन्य कानुनी तथा प्रशासनिक विषय थाहा हुने कुरै भएन ।

शिशु बिरामी भएपछि शुरुमा दम्पत्ति अरोपित विनोदका बुवाकहाँ पुगेका थिए । त्यहाँ पुगेपछि उनका बाबुले ‘यहाँ हुँदैन, छोराको मेडिकल जुठापौडामा लैजाऊ’ भनेर पठाइदिएका थिए ।

आफुलाई रुपन्देही बिभिन्न अस्पतालहरु १० बर्ष काम गरेको दावी गर्ने बिनोदले मेडिकलमा यस्तो निमोनियाको बच्चालाई बाफ लगाएर ठीक पार्ने बताए । उनले बच्चा गम्भीर छ भनेर अयन्त्र रिफर पनि गरेनन् । बाफ लगाउँदा बच्चा निकै छट्पटाउदै दिसा र पिसाब गरेपछि आफुहरुले पटक–पटक बाफ निकाल्न आग्रह गर्दा उल्टै थर्काएको पीडितको आरोप छ ।

मृत्तककी आमा डाली सौमौरे भनिन्, ‘मेडिकलबाट घर लैजानुहोस् अव चार घण्टापछि बच्चा चिच्चाउँदै रुन्छ भन्दै पठाएको बच्चाको घर लैजादै गर्दा आधा घण्टामै मृत्यु भयो । बाटैमा शिशुको मृत्यु भएको खवर पुगेपछि मालिका आधारभुत विद्यालयमा राति सवैजम्मा भए ।बच्चाको शव पनि विद्यालयमै राखे । तर उक्त विद्यालयमा बिनोदको घरवाट पदैल ५ मिनेटमा पुगिन्छ ।

घटनाबारे प्रहरीले निवेदन समेत नलिएको पीडितहरुको आरोप छ । बल्ढेगडी प्रहरी चौकीमा निवदेन दिन पुगेका स्थानीयहरुलाई प्रहरीले उल्टै हप्काएको उनीहरु बताउँछन् ।

‘बच्चाको शवलाई पोष्टमार्टम छैन । वडा सदस्यलाई सवै कुरा थाहा हुँदाहुँदै माथिल्लो निकायमा जानकारी दिइएको छैन् । प्रहरीले निवेदन लिँदैन,’ स्थानीय हिमा पाण्डेयले भनिन्, ‘यी सबै घटना ढाकछोप गर्ने बाहेक अरु केही हाइन ।’

उता आरोपित बिनोदले भने राजनीतिक स्वार्थले घटनालाई उचालेको दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप