शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आज ‘पीनम्ब्रल’ चन्द्रग्रहण : कति बेला हेर्न सकिन्छ ?

शुक्रबार, २३ जेठ २०७७, ०९ : ११
शुक्रबार, २३ जेठ २०७७

शुक्रबार यो वर्षको दोस्रो चन्द्रग्रहण लाग्दै छ । यो ग्रहणलाई दक्षिण एशियाबाट पनि देख्न सकिनेछ । यसअघि १० जनवरीमा वर्षको पहिलो चन्द्रग्रहण लागेको थियो ।

आजको चन्द्रग्रहण शुक्रबार राति साढे ११ बजेबाट शुरु हुनेछ र शनिबार बिहानी २ बजेर ४९ मिनेटसम्म जारी रहनेछ । १ बजेर ९ मिनेट जाँदा यस ग्रहणको प्रभाव सबैभन्दा धेरै रहने बीबीसी हिन्दीले जनाएको छ ।

यो ग्रहणलाई एशिया, युरोप, अस्ट्रेलिया र अफ्रिकाबाट हेर्न सकिनेछ ।

आज देखिने चन्द्रग्रहण पीनम्ब्रल अर्थात् उप छाया ग्रहण हो । यसमा पृथ्वीको मुख्य छायाको बाहिर हिस्सा चन्द्रमामाथि पर्दछ । जसले गर्दा चन्द्रमा चमक फिक्का पर्नेछ ।

वरिष्ठ वैज्ञानिक टीवी वेंकटेश्वरनका अनुसार यो उप छाया ग्रहण भएको कारण यसको असर धेरै देखिनेछैन । चन्द्रमामा मात्र हल्का छाया देखिनेछ । यसले चन्द्रमाको ५८ प्रतिशत हिस्सा मात्र ढाक्नेछ ।

वेंकटेश्वरनका अनुसार यो ग्रहण हेर्न सजिलो छैन । चन्द्रग्रहण पूरा प्रभावमा तपाईंले निकै ध्यान दिनएर हेर्नुपर्ने हुन्छ । यदि अकाश सफा छ भने चन्द्रमाको उत्तरी र दक्षिणी क्षेत्रमा चन्द्रमाको चमकमा केही अन्तर देख्न सकिनेछ ।

सन् २०२० मा कूल ६ वटा ग्रहण लाग्नेछ । यसमा दुई सूर्यग्रहण र चार चन्द्रग्रहण लाग्नेछ । अब आगामी चन्द्रहरण ५ जुलाई र ३० नोभेम्बरमा लाग्नेछ भने २१ जुन र १४ डिसेम्बरमा सूर्यग्रहण लाग्नेछ ।

स्रोत : बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप