केन्द्रीय संस्करण

वातावरण संरक्षण: जिम्मेवारी मात्र होइन, प्राथमिकता समेत हो

person explore access_timeजेठ २३, २०७७ chat_bubble_outline0

 

बिजय पौडेल 

   

 

बिराट संसारिक अस्तित्वभित्र समाहित बिभिन्न रुपछ्टाहरु अद्वितीय बिबिधता एबम सौन्दर्यताको रसाउनुभुतिको अनुपम सङम नै वातावरण हो। परिष्कृत तथा सरल भाषामा वातावरण भनेको प्राकृतिक भौगोलिक बिबिधता हो जहा मनुष्य जिवजन्तु र बनस्पतिको अनुपमता महसुसका साथै अनुभुति गर्न सकिने प्रत्येक्ष मिलन बिन्दु हो भनी व्यक्त गर्दा अतिरन्झित नहोला। वातावरणीय स्रोतको समुचित प्रयोग गरि मानव एबम प्राकृतिक स्रोत बीच अन्तर्निहित सम्बन्धलाइ सुसोभित तुल्याउनु नै वातावरण संरक्षण हो ।समयको बिशाल बेगलाइ पछ्याउदै हिडेको यो मानवयुगमा वातावरण संरक्षण पहिलो आवस्यकता हो भन्दा फरक नपर्ला |

   मानवीय चेतना तथा समयको नजिरले स्थापित गरे सङै वातावरण संरक्षणले आफ्नो वाय सार्ने कार्य पहिलो औधोगिक युग देखी नै सुरु गरेको पाइन्छ ।अठारौं शताब्दी देखी वाय सरेको अभियान विभिन्न कालखण्डमा विभिन्न उतारचढावबाट गुज्रेर आजको यो पुर्णकालिन बैज्ञानिक युगसम्म आइपुगेको छ। यु.एन सम्मेलन( सन् १९७२) ले वातावरण शिक्षालाइ आधिकारिक्ता प्रदान गरि संरक्षणको नया युगको श्रीगणेश गरेको थियो भने सन् १९९२ जुन ३ देखी १४ सम्म भएको बिशाल शिखर सम्मेलनले २१ बुदे वातावरण संरक्षण तथा सम्बर्द्धन सम्बन्धि कार्ययोजना पास गरेको थियो जुन संरक्षण इतिहासको कोशेढुङ्गा साबित भएको देख्न सकिन्छ ।तथापी आज युग बिकासको चरम उत्कर्ष बिन्दुमा रहि रहदा वातावरण संरक्षणलाइ बिश्वले प्रथामिकता वा भनौ व्यबहारिकतामा अनुकरण गरेको निकै कम पाउने गरिएको छ ।बिभिन्न सभा सम्मेलन संरक्षणको बिषयलाइ लिएर भयता पनि यो चरम औधोगिक युगमा वातावरणले आफ्नो बास्तबिकता देख्न भने पाएको छैन।

 सन् ९० को दशक देखी प्रत्येक्षरुपमा वातावरण असन्तुलन बिस्वव्यापी रुपमा देख्न थालिएको थियो। बिस्वको ध्यान तिब्र आर्थिक वृद्धि तर्फ उन्मुख रह्दा पृथ्वीले निकट भबिस्यमा भवितव्यको शिकार हुन गैराखेको उतिबेलै बुझ्न थालिएको थियो ।तत्पश्चात भने बिभिन्न सन्धिहरु सम्पुर्ण भिमकाय एवम साना रास्ट्रहरुले वातावरण संरक्षकत्वको भुमिका निर्बाह गर्ने गरि हस्ताक्षर गरेको इतिहासमा देख्न अनि पढ्न पाइन्छ। यसरि हेर्दा वातावरण संरक्षणको इतिहास निकै लामो नरहेको देख्न सकिन्छ। यसर्थ वातावरण संरक्षणलाइ थप प्रभाबकारी बनाउनुको बिकल्प छैन।

वातावरण संरक्षकत्व निभाउने प्रमुख दायित्व मानव समुदायको हो। पृथ्वीमा घटित सबै किसिमका उतारचढावका मुख्य हिस्सेदार मानवजातीको अमानवीय सोच रहेको छ। वातावरण असन्तुलन, हरितगृह ग्यासको बढ्दो उत्सर्जन, जलवायु परिवर्तन अतिबृष्टी अनाबृष्टी लगायतका सम्पुर्ण समस्याहरु मुख्यत मानव जातीबाट नै सृजित समस्याहरु हुन् । फलत: पृथ्वीको आयु सुक्ष्म तरिका बाट पेचिलो बन्दै गएको छ। मानव समाजको अकर्मण्यताको कारण प्राकृतिक स्रोतसाधनमा ह्रास आइराखेको छ भने अर्कोतिर अदुर्दर्शिताका कारण मानव समाज नै एकादेशको कथा पो हुने हो कि भन्ने भयबाट गुज्रिन बाध्य छ । बढ्दो औधोगिकरण, शहरीकरण एवं प्राकृतिक स्रोतसाधनको अनुचित प्रयोगले पृथ्वीमा रहेका सम्पुर्ण जिवजन्तु र बनस्पतिको औसत आयुमा कमि आइरहेको देखिएको छ । हाल बिस्वमा २५% हृदय रोगहरु वायु प्रदुषण बाट सृजित हुने साथै २.४ लाख व्यक्ती बार्षिकरुपमा सोहि कारणले मृत्यु भएको तथ्यांकले वातावरण संरक्षण कत्तिको आवश्यकता हो भन्ने सहजै अनुमान गर्न सकिन्छ । पृथ्वी सबैको साझा घर हो भन्ने हुदाहुदै आफ्नै खुट्टामा लात हान्ने प्रवृत्ति हावी हुदा यो असन्तुलन देखिनुको प्रमुख कारण हो।

कोभिड १९ जस्ता बेलाबेला आउने महामारी समेत मानिसले प्रकृतीलाइ जथाभावी गरेको प्रतिफल हो भनी बहस चल्दै आएको छ। हालै प्रकाशित डब्लु.डब्लु.एफको एक प्रतिबेदनले सन् १९७० देखी हाल सम्म ६०% सम्म बन्यजिवको संख्या यो पृथ्वीबाट लोप भैसकेको तथ्य देखाएको छ ।बढ्दो जलवायु परिवर्तनको समस्या एकातिर दिनानुदिन वृद्धि हुने आर्कोतिर स्रोतको सिमित उपलब्धताले बिस्वले कति बिकराल परिस्थितिको सामना गर्नुपर्ला भन्ने कुरा बुझाएको छ।

वातावरण संरक्षण आज महशुस गरिएको प्रमुख बिषय बनेको छ । सम्पुर्ण भौतिक, जैबिक सामाजिक तथा सास्कृतिक पक्षहरुको समष्टिगत पक्ष, पारस्परिकता एवं अन्तर्निर्भरताको समग्रतालाइ नै निरन्तरता दिनु आजको निर्बिकल्प उपाय हो। मानवजातीको प्रकृती माथीको अनाधिकृत उपभोग, शक्ती तथा सम्पन्नताको कथित महत्वाकांक्षाको कारण नै वातावरणमा ह्रास आइराखेको छ । बिबेकशिल प्राणीको उपमा भिरेकै मानवले आफ्नो दायित्व सम्झिए पनि प्राथमिकतामा भौतिकतालाइ मात्र विशेष जोड दिएकोले वातावरण अनेपेक्षित रुपमा स्खलन हुदै गएको छ। यि र यस्तै क्रियाकलाप मानव जातीले न रोके केहि दशकपछि  मानव सभ्यता लगायत सम्पुर्ण वनस्पतिक एवं जैविक बिबिधतामा ठुलो संकट देखा पर्नेछ । वातावरण संरक्षणलाइ मुल नारा बनाए पनि प्राथमिकतामा नपर्नु हामी सबैको निमित्त बिडम्बना हो।जिम्मेवारीबोधका  साथै प्रथामिकतामा राख्न सके वातावरणिय संरक्षणमा टेवा पुग्ने देखिन्छ। भुटान, नर्बे, न्युजिल्यान्ड जस्ता रास्ट्रहरुले बिकाशको केन्द्र वातावरण हो भन्ने महसुस गरि कार्य सम्पादन गर्न सुरु गारिसकेका छन् । यद्यपि तेतिले मात्र संरक्षणलाइ पुग्ने भन्ने चाही अबस्य होइन ।

वातावरणीय प्रदर्शन अनुसुची(२०१८) अनुसार, वातावरण क्षेत्रमा सर्वोकृष्ट रास्ट्र बनेको स्विट्जरल्यान्डले आफ्नो देशमा ८०% जति कार्य वातावरणमैत्रि बनाइ संरक्षणको यो लडाइमा कायापलट गरेको छ । त्यसैगरि न्युजिल्यान्डले वातावरण संरक्षणकै निमित्त ३०% जमिन र १% सामुदृक क्षेत्र छुट्टाएर काॠ गर्दै आएको छ भने जर्मनीले पुर्नप्रयोग गर्न मिल्ने वातावरणीय उर्जाको क्षेत्रमा उपभोग बढाउन थुप्रै कार्य गरेको पाइन्छ । नेपाल जस्तो बिकासोन्मुख देश समेट वातावरणीय असन्तुलनको चपेटामा परिरहेको यस अवस्थामा समेत बिश्वको ध्यान केन्दृत गराइ उदाहरण बन्न थुप्रै कार्यहरु गरेको देखिन्छ।जिम्मेवारी बोधको कार्यकौशलता निभाउदा समेत कतिपय रास्ट्रहरुले अभिभावकत्व प्रदान गर्न सकिरहेका छैनन। अर्थात भौतिक लालसा एवं आर्थिक प्रलोभनले वातावरण र प्रकृतीको संरक्षणलाइ निकै ओझेलमा पारेको छ ।फलतः दिनानुदिन प्राकृतिक बिपत्ती, जलवायु परिवर्तन, महामारी जस्ता संबेदनसिल बिषयहरु तिब्ररुपले बढिरहेका छन् । जसको कारण मानव स्वास्थ लगायत अन्य जैबिक, बनस्पतिक जिवनहरु संकटको धरापमा परेका छन्।

आज बिश्व कोरोना महामारी बाट गुज्रिरह्दा पनि प्रकृति र वातावरण भने आफ्नो वास्तविक रुप देखाएर प्रशन्नता पुर्वक खुलेका छन् । यति सानो बाध्यात्मक समयमा प्रकृती येति खास बन्न सक्छ भने स्वयं मानिसजातीले आफ्नो सृजनशिलता तथा बौद्धिकतालाइ संरक्षणमा उपभोग गर्ने हो भने आजको भन्दा कैयौ गुणा बढी सुन्दर शान्त अनि शालिन वातावरणीय अबस्था सृजना हुन सक्ने कुराको उपदेयता पुष्ठि हुन सक्ने थियो ।त्यसैले वातावरण संरक्षणको विषय व्यक्तिगत अभिभारामात्र  नभइ सिङो मानवजाति, राज्य र समाजको साझा दायित्व बन्न पुगेको छ ।

  वातावरण सबै प्राणीहरुको साझा अस्तित्वको क्रिडास्थल हो जुन कुरा मानवजातीले मनन गर्दै प्रकृतीको संरक्षकत्व ग्रहण गर्न सक्नु पर्दछ । प्रकृतीको स्वरुप र चक्र नाटकियरुपमा बद्लिएको घडीमा समेत प्राथमिकता नराख्ने होडबाजी देखिए बिगत जस्तै महाबिपत्तीको सामना गर्न तयार हुनुपर्छ। जुन अन्ततः समाप्ती हो । यस संबेदनसिल समयमा हामी सबै सयमित एवं सचेत रहि राज्यलाइ  वातावरण संरक्षणलाइ पहिलो प्राथमिकतामा राख्दै कार्य सम्पादन गर्न ध्यानाकर्षण गर्नु पर्ने आवश्यकता देखिन्छ।

अन्ततः प्राकृतिक लालित्यको नमुना पृथ्वी दिनानुदिन बढ्दै गइराखेको वातावरणीय चुनौतिवाट गुज्रिन बाध्य भैराखेको छ । वातावरण संरक्षण हामी सबैको जिम्मेवारी हो भन्ने बुझाइ हुनु एक सबल पक्ष भयतापनि कथित आर्थिक तथा भौतिक बिलासिताले गर्दा मुख्य एजेन्डा बन्न नसक्नु निकै दुर्भाग्यपुर्ण हो। प्रकृतिसङ जिवनका हरेक आमोदप्रमोद जोडिएकाले समेत वातावरण संरक्षणलाइ बिशेष जोड गर्दै प्रथामिकतामा राख्नु बाहेक बिकल्प छैन। यसर्थ,बिस्वले वातावरण संरक्षणका चुनौतिका बिशाल र बिशालु काडाहरु पन्छाउदै सकारात्मकता एवं सुन्दर फुलहरु द्वारा वातावरणीय सुन्दरतालाइ कायम राख्न बिशेष रुपमा अग्रसर हुनै पर्दछ। तब मात्र पारस्परिकता तथा अन्तर्सम्बन्धको समग्रतालाइ समेटी वातावरण संरक्षणको नयाँ सुर्योदय हुनेछ ! 

  पर्यावरण संरक्षणम् !!!

Title Photo: https://www.azocleantech.com

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.