शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेको इन्सुरेन्सको २५ औं वार्षिक साधारणसभा सम्पन्न

शुक्रबार, २३ जेठ २०७७, १९ : ०९
शुक्रबार, २३ जेठ २०७७

काठमाडौं । बीमा बजारमा उच्च गुणस्तरीय सेवा पुर्याउने उद्धेश्यका साथ स्थापित नेको इन्सुरेन्स लिमिटेडको २५ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । उक्त साधारणसभाले २०७६/७७ को कम्पनीको वित्तीय विवरण पारित गर्नुका साथै शेयरधनीहरुलाई ८.१६ प्रतिशत नगद लाभांश दिने निर्णय समेत गरेको छ ।

सधारणसभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष रमेशकुमार निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले स्वागत मन्तव्य राखेका थिए । 

२५ वर्षअघि देशका सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक लगायतका प्रवर्धकहरुद्वारा स्थापित सो कम्पनी ग्राहकहरुको सेवा समर्पित रहेको देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप