लकडाउनबाट प्रभावितलाई राहत वितरण
शनिबार, २४ जेठ २०७७, १२ : ५९
जनकपुर । लामो समयको लकडाउनका कारण समस्यामा परेका अतिविपन्न परिवारलाई राहत वितरण गरिएको छ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड जनकपुर र धनुषा चेम्बर अफ कमर्सले गरीब, अति विपन्न र दैनिक मजदूरी गरि जीवनयापन गर्दै आइरहेका १ सय १ परिवारलाई राहत वितरण गरेको हो ।
शनिबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का उनीहरुलाई चामल, दाल, आलू, प्याज, सोयाबीन र एक पोका नून राहत स्वरुप उपलब्ध गराइएको थियो ।
राहत वितरण कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, वाणिज्य बैंकका शाखा प्रबन्धक रञ्जिता झा, धनुषा चेम्बर अफ कमर्सका अध्यक्ष विजय साह, बरिष्ठ उपाध्यक्ष सरोज मिश्र, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साह, चेम्बर अफ कमर्सका प्रदेश नम्बर २ का अध्यक्ष पवन ठाकुर लगायतकाहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबिच आज द्विपक्षीय वार्ता, विभिन्न सम्झौतामा हस्ताक्षर हुने
-
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण