शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गगन थापाको आक्रोश : अर्थमन्त्रीले सांसदलाई वडाध्यक्षको हैसियतमा पुर्‍याए

शनिबार, २४ जेठ २०७७, १६ : १८
शनिबार, २४ जेठ २०७७

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले अर्थमन्त्रीले सांसद पूर्वाधार विकास कार्यक्रमलाई बजेटमा निरन्तरता दिएकोमा आपत्ति जनाएका छन् । 

शनिवार प्रतिनिधि सभाको बैठकमा सरकारले विनियोजन गरेको बजेटमाथि बोल्दै उनले पञ्चायतकाल, बहुदलमा जसरी बजेट ब्यवस्था गरिन्थ्यो अहिले गणतन्त्रमा पनि त्यसरी गरिएको बताए । 

उनले बजेट निर्माणमा सांसदको भूमिका के हो भन्ने प्रश्न गर्दै बजेटको घोषणापत्र र सांसदको भूमिका के हुन्छ भनेर कहिल्यै पनि छलफल नभएको बताए । 

उनले स्थानीय पूर्वाधार विकास कोष खडा गरेर सांसदलाई वडाध्यक्षको भूमिकामा राखेको तर्क गरे । 

उनले भने–‘सांसद विकासको कोषको नाममा पैसा लिन थालेपछि अहिले सांसदको हैसियत वडाध्यक्षको जस्तो भएको छ । यसलाई बदल्ने कुरामा गुनासो र गनगन गरेर मात्र हुँदैन । यसमा तर्कपूर्ण रुपमा छलफल गर्न आवश्यक छ ।’ 
उनले रोगी, सुत्केरी, खान नपाएकाहरु भूईँ मान्छेका लागि बजेट माग गरेपनि अर्थमन्त्रीले त्यसलाई नदेखेको बताए । 

उनले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गर्नु राम्रो कुरा भएपनि सर्वसुलभ स्वास्थ्यका साथै स्वास्थ्य बीमाका बारेमा किन केही कुरा आएन भन्दै प्रश्न गरे । 

सत्तापक्ष सांसदले अहिलको सरकारले २४ वटा प्रयोगशाला बनाएको भनेपनि सरकारले किनेको पाँच वटाले नै काम नगरेको अवस्था  रहेको उल्लेख गरे । सरकारले २५ हजार थान मात्रै पिसिआर किट किनेको र बाँकी सबै उपहार र दानमा पाएको बताउँदै सरकारले आवश्यक काम गर्न नसकेको बताए । 

सांसद थापाले संविधानमा स्वास्थ्यलाई राज्यको दायित्वभित्र राखेपनि स्वास्थ्य क्षेत्रको बजेट बनाउँदा गलत ठाउँमा सरकार उभिएको तर्क गरे ।  

उनले स्वास्थ्य बीमा २०६७ सालमा सुरु भएको, २०७१ सालमा त्यो बेलाको सरकारले गरेको सामाजिक सुरक्षाको कार्यक्रम र २०७४ सालमा बनेको स्वास्थ्य बीमा एउटै नभएको बताए । 

अहिलेको कानूनले राष्ट्रपतिदेखि सामान्य श्रमिकसम्म सबै स्वास्थ्य बीमामा समाहित हुनुपर्छ भनेको र आयको आधारमा सबैको प्रिमियम तोकिने भनेको बताए । 

स्वास्थ्यमा सामाजिक सुरक्षाको कार्यक्रम छोडिसकेको भएपनि संसदले बनाएको बीमा कानूनको कुरालाई सरकारले नबुझेर अर्कै कार्यक्रम बनाइरहेका उल्लेख गरे । यसबारेमा सांसदहरुसँग छलफल गर्न पनि उनले आग्रह गरे । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप