स्टन्टम्यान अक्षयकुमारलाई स्टार बनाउने त्यो ‘खिलाडी’
अक्षयकुमार आज बलिउडकै ठूलो स्टार हुन् । तर कुनै समय यस्तो थियो जतिबेला उनी फिल्ममा केवल स्टन्टम्यान र साइड डान्सरको काम गर्थे । यसपछि अक्षय अभिनित सौगन्ध र दिदार प्रदर्शनमा आए । अनि, आयो ‘खिलाडी’, जसले तेक्वान्दोका ब्ल्याक बेल्ट अक्षयलाई नयाँ उचाइ दियो ।
यस फिल्मको सफलतासँग अक्षयलाई बलिउडका ‘खिलाडी’ समेत भनियो । बिहीबार यो फिल्म प्रदर्शनमा आएको २८ वर्ष पुगेको अवसरमा निर्देशक अब्बास–मस्तानले ट्वीट गरेर अक्षयलाई यसको याद दिलाए ।
अब्बास–मस्तानले यस ट्वीटमा अक्षयसँगको आफ्नो एउटा फोटो पनि राखेका छन् । उनले लेखेकाका छन्, ‘डियर अक्षय आज खिलाडी रिलिज भएको २८ वर्ष पुरा भएको छ । हाम्रो यो पहिलो सहकार्य थियो, पूरै टिमलाई याद गर्छु, विशेषगरी जोनी लिवर भाइलाई ।’
Dear @akshaykumar,
— Abbas Mustan (@theabbasmustan) June 5, 2020
Today it’s 28 years since the release of Khiladi, our first film together. Feeling nostalgic. Remembering the entire team specially @iamjohnylever bhai 🌹🌹🤗🤗❤️❤️ pic.twitter.com/wdkiQPirCB
मस्तानको ट्वीटको जवाफ फर्काउदै अक्षयले लेखेका छन् । ‘अब्बास–मस्तान भाई म यसलाई कसरी भुल्न सक्छु । मेरा लागि यो फिल्म थिएन, बरु मेरो करियरको सुरुआती कोशेढुंगा थियो । यो उपाधि (खिलाडी) जो आज मेरो नामको पर्याय बनेको छ, यसका लागि धन्यवाद ।’
खिलाडी फिल्म शृंखला यति सफल भयो कि यसका ७ वटा सिक्वेल बने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल
-
आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा प्राथमिक स्वास्थ केन्द्रमा तालाबन्दी
-
टेभेज अस्पतालबाट डिस्चार्ज
-
‘स्टक एनालिटिक्स सफ्टवेयर’ : सेयर कारोबारमा नयाँ आयाम
-
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
-
एम्बाप्पेको कीर्तिमानमा लिग उपाधिबाट पीएसजी मात्र एक कदम टाढा