भारतको हिमाञ्चल प्रदेशमा कोभिड–१९ बाट ३९८ सङ्क्रमित
शनिबार, २४ जेठ २०७७, १९ : ०९
भारतको हिमाञ्चल प्रदेशमा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ३९८ पुगेको स्वास्थ्य विभागले शनिबार जनाएको छ ।
हिमाञ्चलमा कोभिड–१९ बाट अहिलेसम्म सङ्क्रमितमध्ये २०१ जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ भने १८५ जना निको भई घर फर्किसकेका छन् । हिमाञ्चलमा मृत्यु हुने कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ ।
भारतको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतभर शनिबारसम्म उपचाररत सङ्क्रमितको सङ्ख्या एक लाख १५ हजार ९४२ रहेको छ भने छ हजार ६४२ जनाको मृत्यु भएको छ । भारतमा झण्डै ५० प्रतिशत सङ्क्रमित व्यक्ति उपचारपछि घर फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै