अन्त्येष्टि गरेको एक घण्टापछि कोरोना संक्रमण पुष्टि, मृतकको गाउँमा त्रास
काठमाडौँ । शुक्रबार सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी ५५ वर्षीया महिलाको अन्त्येष्टीपछि कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । धनगढी उप–महानगरपालिका-४ की महिलाको कोरोना परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको हो ।
डायलासिस सेवा सञ्चालन गरिररहेको विरंग हेल्थ केयरमा ¥यापिड डायग्नोस्टिक टेस्ट आरडीटी गर्दा नेगेटिभ आएपछि भर्ना गरिएकी उनको डायलासिस वार्डमै मृत्यु भएको थियो ।
ती महिलाको मृत्युपछि स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको थियो । तर, आरडीटी रिपोर्ट नेगेटिभ आएको भन्दै अस्पतालले मृतकको शव परिवारका सदस्यलाई बुझाएको थियो ।
डायलिससको क्रममा मृत्यु भएको र आरडिटी रिपोर्ट नेगेटिभ आएको भन्दै ती महिलाको शव आज बिहान मोहना घाटमा अन्त्येष्टी गरिएको बताइएको छ । अन्त्येष्टीपछि मात्रै ती महिलामा कोरोना पुष्टि भएको वडा नम्वर ४ का अध्यक्ष दीपक थापाले बताए ।
'अन्त्येष्टि गरेको एक घण्टापछि कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो,' वडाअध्यक्ष थापाले भने, 'परिवारका सबै सदस्यलाई क्वारेन्टाइनमा राख्न समन्वय भइरहेको छ ।'
कोरोना संक्रमित महिलाको अन्त्येष्टिमा २० जनाभन्दा बढी मलामी गएका थिए । मलामी जानेहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । केही प्रहरीको सम्पर्कमा आइसकेका छन् । अहिले मृतक महिलाको टोलमा त्रास फैलिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२४ अपाचेको आरटीआर १६० नेपालमा
-
मौन अवधिअघि ओलीले भने–सुहाङ, अब संसद् भवनमै भेटौँला !
-
१३ जनालाई सहसचिवमा नियुक्ति गर्न सिफारिस
-
कतारका अमिरको भ्रमणको ठोस परिणाम चाँडै आउनेछ : मन्त्री बस्नेत
-
फिलिपिन्समा चरम गर्मीका कारण ६ जनाको मृत्यु
-
कतारी राजाको नेपाल भ्रमण : कूटनीतिक हिसाबले उपलब्धिमूलक, सम्झौताले खल्लो