शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

क्वारेन्टिनमा मृत्यु भएकाको शव व्यवस्थापन गरियो

शनिबार, २४ जेठ २०७७, २१ : ०७
शनिबार, २४ जेठ २०७७

बाजुराको खप्तड छेडेदह गाउँपालिका– ७ स्थित मष्टा आधारभूत विद्यालयको क्वारेन्टिनमा मृत्यु भएका वृद्धको शव व्यवस्थापन गरिएको छ । स्वाब सङ्कलन गरेर धनगढी पठाएपछि सर्वपक्षीय सहमति र विज्ञको सुझावका आधारमा आज शव व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए । 
    
    गैरे नेतृत्वमा गएको जिल्लाको टोलीले धेरै दिन शव राख्दा गन्हाउने र थप दुर्गन्ध फैलिने भएकाले दमको रोगी भएको भन्ने स्वास्थ्यकर्मीको जानकारीमा भएकाले शवलाई व्यवस्थापन संयन्त्रकै सक्रियतामा व्यवस्थापन गरिएको हो ।
 स्वाब सङ्कलन गरेर आज नै धनगढी पठाइएको र त्यसको रिपोर्टपछि अन्यको स्वाब सङ्कलन गर्ने नगर्ने भन्नेबारे निर्णय गरिने प्रमुख जिल्ला अधिकारी गैरेले बताए । ६५ वर्षका वृद्ध यही जेठ १६ गतेदेखि क्वारेन्टिनमा बस्दै आएका थिए ।
    
    वृद्धसँगै अन्य सात जना आएका पनि क्वारेन्टिनमा नै बसिरहेका छन् । उनीहरुको टोली भारतको हिमाञ्चल प्रदेश हुँदै नेपाल प्रवेश गरेको हो । पिसिआर जाँचपछि आएको रिपोर्टका आधारमा थप प्रक्रिया अगाडि बढाउने सहमति भएको खप्तड छेडेदह– ७ का वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिए । 
हाल खप्तड छेडेदहमा ६०० बढी सर्वसाधारण क्वारेन्टिनमा बसेका छन् । क्वारेन्टिनमा अधिकांश भारतबाट आएका मात्र बसिरहेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप