अमेरिकी कैदीको रिहा ‘मानवीय उद्देश्य’ का लागि : इरान
अमेरिकी कैदीका रिहाइ उनको स्वास्थ्यमा समस्या देखिएका कारण भएको इरानको गुप्तचर प्रशासन मामिला मन्त्रालयले बताएको छ ।
शनिबार तस्निम समाचार संस्थाले मन्त्रालयको विज्ञप्तिलाई उल्लेख गर्दै हालै रिहा भएका अमेरिकी कैदीको स्वास्थ्य मा समस्या आएपछि मानवीय नाताले उनको रिहाई गरेको समाचारमा उल्लेख गरेको छ ।
मन्त्रालयको जासूस रक्षा विभागका महानिर्देशकले भने, “दुई वर्ष पहिले इरान पुगेका समय अमेरिकी वरिष्ठ अधिकारी मिखाएल ह्वाइटलाई इरानविरूद्ध जासुसी गरेको आरोपमा पक्राउ गरी जेलमा राखिँदै आएको थियो ।”
ह्वाइटलाई विहीबार रिहा गरिएको थियो । संयुक्त राज्य अमेरिकाले पनि बिहीबार नै इरानी वैज्ञानिक मजिद ताहेरीलाई रिहा गरेको थियो ।
ताहेरीले अमेरिकी प्रतिबन्धको उल्लङ्घन गरेको भन्दै ताहेरीलाई पक्राउ गरी थुनामा राख्दै आएको थियो ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसवीले ह्वाइटको रिहाईपछि इरानले मानवीय समवेदनाका आधारमा इरानी बन्धकहरूलाई संयुक्त राज्य अमेरिका वा अन्य मुलुकमा जहाँभए पनि रिहा गरेका घटनाको स्वागत गर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै