बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको उच्च जोखिममा गर्भवती र सुत्केरी महिलाः अस्पतालबाट धमाधम संक्रमित हुँदै

शनिबार, २४ जेठ २०७७, २२ : १८
शनिबार, २४ जेठ २०७७

भक्तपुर । नेपालमा कोरोना संक्रमणबाट पहिलोपटक जेठ १ गते सिन्धुपाल्चोक बाह्रबिसे ९ की २९ वर्षीया सुत्केरी महिलाको ज्यान गयो । उनको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उनको निधन भएको दुई दिनपछि मात्र स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणबाट ज्यान गएको पुष्टि गरेको थियो । 

मृतक महिला गत वैशाख २४ गते सामान्य रुपमा नै काठमाडौं महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा बच्चा जन्माएकी थिइन् । त्यसपछि अस्पतालले २५ गते उनलाई त्यहाँबाट डिस्चार्ज गरेको थियो । अस्पतालले डिस्चार्ज गरेपछि भने उनी गृहजिल्ला सिन्धुपोल्चोकको राम्चेमा गएकी थिइन् । 

यहि जेठ २० गते भक्तपुरकी एक ३० वर्षकी गर्भवती महिलामा कोरोना संक्रमण देखियो ।  चाँगुनारायण नगरपालिका वडा नम्बर–३ मा स्थायी बसोबास रहेकी उनी स्वास्थ्य जाँचका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कजेलमा जाने गरेको पुष्टी भएको छ ।  बैशाख २२ गते जचाउन गएकी महिला पुनः जेठ ५ गते भिडियो एक्सरे गर्न भनेर अस्पताल गएको परिवारका सदस्यले वडाअध्यक्ष श्यामसुन्दर धिमाललाई जानकारी दिएका छन् । उनी भोलिपल्ट ६ गते पनि अस्पताल गएको वडाअध्यक्ष धिमालले बताए ।  

जेठ ८ र १५ गतेपनि अस्पतालमा गएको देखिन्छ, वडाअध्यक्ष धिमालले भने ‘उनको शल्यक्रिया गरेर बच्चा जन्माउनुपर्ने अवस्था रहेछ ।’ ‘उनलाई अस्पतालका डाक्टरले पहिला पीसीआर टेष्ट गरेरमात्र अपरेशन गरौं भनेर सल्लाह गरेका रहेछन्, त्यसपछि १५ गते गरिएको परीक्षणको रिपोर्ट आज मंगलबार आउँदा पोजेटिभ देखिया’े वडाअध्यक्ष धिमालले भने ।   संक्रमति महिला दोस्रो सन्तान सन्तानलाई जन्म दिने तयारीमा थिइन् । 
उनका श्रीमान र घर अन्य सदस्य समेत कहीँ कतै नगएकाले अस्पतालबाटनै कोरोना सरेको वडाअध्यक्ष धिमालको भनाई छ । 

आज (शनिबार) मध्यपुर अस्पतालमा सुत्केरी भएकी दोलखाकी एक महिलामा कोरोना पोजेटिभ देखिएको छ ।  भक्तपुर नगरपालिका वडा नं. ९ कमलविनायक बस्ने ३० बर्षीया महिलालाई कोभिड १९ पोजिटिभ भएको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुष्टि गरेको हो ।

मध्यपुर अस्पतालले शनिबार एक विज्ञप्ति जारी गर्दै शल्यक्रियामार्फत २१ गते सुत्केरी भएकी ३० वर्षकी महिलाको पीसीआर परिक्षण शल्यक्रिया अगाडी गरिएको र २४ गते रिर्पोट पोजेटीभ आएको उल्लेख गरेको छ ।  ‘जेठ १८ गते दोलखाबाट भक्तपुर आएकी ती महिला १९ गते स्वास्थ्य जाँचका लागि सिंलामंगलस्थित काठमाडौं मेडिकलमा कलेजमा गएको देखिन्छ,’ महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख सविन प्रधानले भने । 

अस्पतालकी मेडीकल डाइरेक्टर डाक्टर रविना प्रधानाङ्गद्धारा जारी विज्ञप्तिमा महिलासँग सम्पर्कमा रहेका व्यक्तिहरुको परिक्षण भएको जानकारी दिइएको छ ।  ६ जना चिकित्सक, १२ जना स्टाप नर्स, ११ जना सहयोगी र १ जना ल्यावका स्टाफाई क्वारेन्टाइनमा राखी नेपाल सरकारको निर्देशन बमोजिम अगाडी बढ्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । 

संक्रमित भएकी भनेकी महिला सुत्केरी पछि कोटेश्वरस्थित आफन्तकोमा बसिरहेकी थिइन् । भक्तपुर कमलविनायक बस्ने परिवारसँगै लकडाउन अगाडि दोलखा गएकी थिइन् ।  योसँगै भक्तपुर जिल्लामा छैंटौ व्यक्ति कोरोना संक्रमित भेटिएको पुष्टि भएको हो । 

उचित सतर्कता, स्वास्थ्य सुरक्षा खै ? 
माथिका केही घटना त उदाहरणमात्र हुन् । कोरोना संक्रमणको त्रासले अस्पताल आउन नचाहने गर्भवती महिला र शिशुको मृत्युदरमा वृद्धि हुन जान्छ । यसलाई कम गर्न परिवार, समाज र राज्यले उचित ध्यान दिन जरुरी छ । अर्कोतर्फ स्वास्थ्य सुरक्षाका उपाय अपनाएर आमा र बच्चाको जीवन रक्षा गर्नु सबैको दायित्व हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप