मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सुदुरपश्चिम कोरोना संक्रमितको संख्या १०७ पुग्यो

शनिबार, २४ जेठ २०७७, २२ : ५७
शनिबार, २४ जेठ २०७७

कैलाली । सुदुरपश्चिम प्रदेशमा (कोभिड–१९) कोरोना संक्रमितको संख्या १०७ पुगेको छ । संक्रमित हुनेमा १७ महिला र ९० जना पुरुष रेहेको जनाइएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय डोटीले आज गरेको मिडिया व्रिफिङ्गमा सो कुराको जानकारी दिइएको हो । प्रदेशमा ८२४५ जनाको स्वाब संकलन गरिएको र ७०४९ जनाको पिसिआर मेसिनबाट जाँच गरिएको जनाइएको छ । त्यसमध्ये ६९४२ जनाको रिपोर्ट नेगेटिभ छ भने १०७ जनामा संक्रमण पुष्टी भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । ११९६ जनाको नजिा आउन बाँकी रहेको र १८ जना संक्रमणपछि निको भई घर गइसकेको उनले बताए । प्रदेशमा २ जना संक्रमितको मृत्यु भइसकेको उनले जानकारी दिए । शुक्रबार र शनिबार गरी १७ जनामा संक्रमण पुष्टी भएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीमा रहेको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षमा संक्रमण पुष्टि भएको हो । संक्रमण हुनेहरुम डडेल्धुरा नवदुर्गा गाउँपालिका बस्ने वर्ष २१ को १ जना महिला, कैलालीको गोदावरी नगरपालिका बस्ने बर्ष ४१ का १ पुरुष, बझाङ्ग खप्तड छन्ना गाउँपालिका बस्ने बर्ष २५,३८,४०, ५७, ७० का ५ जना पुरुष र वर्ष ४० का १ जना महिला छन् । त्यसैगरी कञ्चनपुर महाकाली नगरपालिका बस्ने वर्ष ३८ का १ जना पुरुष, काठमाडौं कागेश्वरी मनहरा नगरपालिका बस्ने बर्ष १८, ३८ का २ जना पुरुष, अछाम मंगलसेन नगरपालिका बस्ने वर्ष ५२ का १ जना महिला, धनगढी उपमहानगरपालिका बस्ने वर्ष ५५ का १ जना महिला र कैलालीका गौरी गंगानगरपालिका बस्ने वर्ष १६, १८, २७, ३० का ४ जना परुषमा संक्रमण पुष्टी भएको कार्कीले जानकारी दिए ।

हालसम्म आरडिटी विधिबाट ३२७५६ जनामा परीक्षण गरिएको छ । त्यसमध्ये ३१८२८ जनामा नेगेटिभ पुष्टी भएको छ भने  ९२८ जनामा आरडिटी पोजिटिभ पुष्टी भएको छ । त्यस्तै १२४ जनामा पिसिआर विधिबाट जाँच गर्दा नेगेटिभ पुष्टी भएको छ भने बाँकी जाँच भइरहेको उनले बताए । कार्कीका अनुसार ५३३७२ जना पुरुष र ९१५५ जना महिला क्वारेन्टाईनमा रहेका छन्  ।  प्रदेशका विभिन्न अस्पतालमा २४६ आईसोलेसन वेड रहेका छन् । त्यसमा ६७ जना कोरोनाका बिरामी र ३६ जना शंकास्पद बिरामीको उपचार भइरहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप