बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकाका कोराना संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी सुरु

आइतबार, २५ जेठ २०७७, ०६ : ०१
आइतबार, २५ जेठ २०७७

काठमाडौं – उपत्यकामा पाँच जनालाई कोरोना (कोभिड–१९) सङ्क्रमण देखिएपछि उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी भइरहेको छ । 

काठमाडौँमा चार र भक्तपुरमा एक गरी उपत्यकामा शनिबार पाँच जनामा कोरोना सङ्क्रमण देखिएको छ । काठमाडौँका सङ्क्रमितमध्ये दुई पुरुष र दुई महिला छन् भने भक्तपुरमा एक पुरुषमा कोरोना देखिएको छ ।

काठमाडौँ महानगरपालिकाले सङ्क्रमितको ‘टे«सिङ’ गर्ने कार्य भइरहेको जनाएको छ । एक सातायता काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमित देखिएका थिएनन् । शनिबार देखिएका सङ्क्रमित उपत्यका बाहिरबाट नै आएको हुन सक्ने अनुमान महानगरपालिकाको छ ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले सङ्क्रमित बस्ने वडा, टोल, व्यक्तिगत सम्पर्कमा आएका व्यक्ति र आफन्तको विवरण लिने कार्य भइरहेको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप