जसपा : नेतृत्वको विषयमा देखिएको विवाद मिलाउने जिम्मेवारी ३ नेतालाई दिइयो
काठमाडौं–जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्र नेतृत्वको विषयमा देखिएको विवाद मिलाउने जिम्मेवारी तीन नेतालाई दिइएको छ ।
शनिबार तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच भएको छलफलले सहमति जुटाउनका लागि नेताहरु महन्थ ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादवलाई जिम्मेवारी दिएको हो ।
तत्कालीन राजपा नेपालको पार्टी कार्यालयमा बसेको दुई पक्षीय छलफलमा दुवै पक्ष आआफ्नो अडानमा अडिग रहेपछि सहमति जुटाउने जिम्मेवारी ठाकुर, यादव र भट्टराईलाई दिइएको एक नेताले बताए ।
‘सबैले आ–आफ्नो प्रस्ताव राख्नु भएको छ, ती प्रस्तावको बारेमा छलफल गरी तीन नेताले टुंगो लगाउनुहुन्छ’ बैठकमा सहभागी ती नेताले बताए ।
आइतबार तीन नेताबीच छलफल भएर निष्कर्ष निस्कने विश्वास लिइएको छ । तीन नेताबीचको छलफलमा सहमाति जुटेपछि फेरि सामूहिक बैठक बसेर अन्तिम रुपमा दिने बताइएको छ ।
जनता समावादी पार्टी नेपालमा नेतृत्वमा पार्टी दर्ता गर्ने भन्ने विषयमाविवाद रहेको छ । त्यसका लागि केही दिनदेखि घनिभूत छलफल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै