केन्द्रीय संस्करण

आमालाई जिउँदै पुर्ने छोरा पक्राउ, तीन दिनपछि उद्धार गर्दा आमा जिवितै

person explore access_timeजेठ २५, २०७७ chat_bubble_outline0

आफ्नो ७९ वर्षीया आमालाई जिउँदै पुरेको आरोपमा उत्तरपश्चिम चीनमा एक व्यक्ति पक्राउ परेका छन् । आशिंक पक्षघात भएकी महिलालाई तीन दिनपछि उद्धार जिवितै गरिएको र हाल शाङ्छीस्थित अस्पतालमा उनको स्वास्थ्य अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ ।

मा भनेर चिनाइएका ५८ वर्षीय पुरुषलाई आफ्नो आमाको हत्याको प्रयासमा मुद्दा चलाइएको प्रहरी अधिकारीले जनाकारी दिएका छन् ।

गत मंगलबार ती व्यक्तिका पत्नीले माले आफ्नो आमालाई गाडामा हालेर लगेको र त्यसपश्चात आमा घर नफर्किएको प्रहरीलाई जानकारी दिएकी थिइन् ।

प्रहरीका अनुसार ती व्यक्तिले आफ्नो आमालाई पुरेको स्वीकार गरेपछि सो दिन उनको उद्धार गरिएको थियो ।

‘प्रहरीले चिहान खन्दा मा त्यहीँ उपस्थित थिए । आमालाई जिउँदो पाउँदा पनि उनले कुनै प्रतिक्रिया जनाएनन्,’ एक प्रहरी अधिकारीले भने ।

द पेपर डट सीएनका अनुसार माको पिताको मृत्युपछि उनको आमाले दोस्रो विवाह गर्दै कान्छा छोरासँग जान्सु प्रान्तमा बस्न गएकी थिइन् । १२ वर्षीय मालाई भने काकासँग बस्न पठाइएको थियो ।

आफ्नो पतिको मृत्युपछि उनी केही वर्षअघि मात्र जिङवियानमा फर्किएका थिए । केही समय कान्छा छोरासँग बसेकी उनी स्वास्थ्यमा समस्या देखिन थालेपछि मासँग बस्न आएकी थिइन् ।

प्रहरीका अनुसार उनी गत नोभेम्बरमा ओछ्यानमा नै थला परेपछि मा उनीसँग रुष्ट बन्न थालेका थिए ।

स्रोत : साउथ चाइना मोर्निङ पोष्ट

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.