केन्द्रीय संस्करण

मेक्सिकोमा १ लाख १३ हजार संक्रमित

person explore access_timeजेठ २५, २०७७ chat_bubble_outline0

मेक्सिको । मध्य अमेरिकी मुलुक मेक्सिकोमा विगत २४ घण्टाको अवधिमा कोरोनाभाइरसको महामारीबाट तीन हजार ६०० नयाँ संक्रमित देखिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।  मेक्सिकोमा योसहित कूल संक्रमितको संख्या एक लाख १३ हजार पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाभाइरसको संक्रमणबाट मेक्सिकोमा मृत्यु हुनेको संख्या १३ हजार ५०० नाघेको छ ।  संक्रामक रोग निवारण केन्द्रका निर्देशक जोजे लुइज अलोमियाले अझै पनि एक हजार १८९ जनाको मृत्यु शंकास्पद रहेको र उनीहरुको स्वास्थ्य बारेमा अनुसन्धान भइरहेको जानकारी दिए । 

मेक्सिकोमा एक हप्ताअघि मात्र करिब ९० हजार संक्रमित रहेका र करिब ९ हजारको ज्यान गएको थियो । तर पछिल्लो साता नयाँ संक्रमित भेटिने दरमा केही कमी आएको छ, तर संक्रमित व्यक्तिको मृत्यु हुने दरमा भने वृद्धि भएको छ । 

गत आइतबार एक साताको अवधिमा २ हजार ५०० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएकामा यस साता करिब ४ हजारको ज्यान गएको देखिएको छ । –एएनआई/ Photo: Reuters

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.