केन्द्रीय संस्करण

गर्भवती तथा सुत्केरीका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गर्नुपर्छः मन्त्री गुरुङ

person explore access_timeजेठ २५, २०७७ chat_bubble_outline0

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले विदेशबाट उद्धार गरि ल्याइएका गर्भवती तथा सुत्केरीका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गर्ने बताएका छन् । 

मन्त्री गुरुङले गर्भवती तथा सुत्केरी महिलाहरुका लागि क्वारेन्टिनलगायतको उचित व्यवस्था गर्न सामाजिक संघ, संस्थाहरु परिचालन गरिएको पनि स्पष्ट पारे । 

आइतबार विज्ञहरुसँगको ‘भर्चुअल’ बैठकमा बोल्दै उनले कोरोना भाइरसको महामारीबाट असहाय बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तीलगायत संवेदनशील वर्ग र समूदायको सुरक्षा गर्न सरकारले विशेष ध्यान दिइरहेको पनि बताए । 

मन्त्री गुरुङले लकडाउन खुकुलो बनाउँदै लैजाने नीति सरकारले लिएको उल्लेख गर्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरे । 

बैठकमा विज्ञहरु चाँदनी जोशी, रेणु अधिकारी, लक्ष्मी कार्की, राधा पौडेल, लिली थापा, निर्मला शर्मा, नितु पण्डितलगायतले कोरोना भाईरसको महामारीबाट जोगाउन महिलाहरुका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गर्न, महिला हिंसाका घटना हुन नदिन मन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए । 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.