महन्थ ठाकुरले पाए जसपाको अध्यक्षसहित पहिलो वरियता, उपेन्द्रको वरियता तेस्रो
काठमाडौं । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी नेपाल (जपसा) मा नेतृत्व र वरियताको विषयमा सहमति जुटेको छ ।
पार्टीका तीन नेताहरु महन्थ ठाकुर, डा बाबुराम भट्टराई र उपेन्द्र यादवबीच आइतबार भएको छलफलबाट नेतृत्व र वरियताका विषयमा टुंगो लगाइएको हो ।
पार्टी स्रोतका अनुसार महन्थ ठाकुरलाई अध्यक्षसहितको पहिलो वरियता दिइएको छ भने उनकै नेतृत्वमा निर्वाचन आयोगमा पार्टी दर्ता गराइने छ । यस्तै डाक्टर बाबुराम भट्टराईलाई दोस्रो वरियता र संघीय परिषद् अध्यक्ष दिने सहमति भएको छ । यस्तै तेस्रो वरियता सहित उपेन्द्र यादव केन्द्रीय समितिको अध्यक्ष बन्नेछन् । यस्तै अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेता हुँदा उनीहरुको वरियता क्रमशः चौथो र पाँचौ हुने सहमति बनेको पार्टी स्रोतले बताएको छ । पार्टी केन्द्रीय समिति ५१ सदस्सीय रहनेछ ।
सहमति बनेसँगै अब निर्वाचन आयोगमा एकीकृत पार्टी दर्ता गराइनेछ । यसअघि नेतृत्वको विषयमा विवाद रहँदा पार्टी दर्तामा ढिलाइ हुँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेम्बर अफ कमर्सका २४ वटा समितिको नेतृत्व चयन
-
विश्वकपका लागि सन्न्यास फिर्ता लिने कप्तानको आग्रह नरेनद्वारा अस्वीकार
-
‘पितृसत्ताविरुद्ध पारिजातको योगदान अतुलनीय’
-
डढेलो निभाउन गएको दमकल नै जल्यो
-
चीन पुगे अमेरिकी विदेशमन्त्री
-
नेपालमा जनावरको दुधबाट मान्छेमा बर्ड फ्लुको ‘एच–फाइभ एन–वान’ भाइरस सरेको देखिएको छैन : विज्ञ